बैंकिङ खबर । जनसेवी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्मा ७९ लाख २५ हजार नाफा आर्जन गर्न सफल भएको छ । गत बर्षको सोही अवधिमा १८ लाख १ हजार,७ सय ८७ नाफा गरेकोमा यस बर्ष ४३९ प्रतिशतले नाफामा बृद्धि गर्न सफल भएको हो ।
संस्थाको कोषमा हाल ४३ लाख १० हजार ५५ रहेको छ भने प्रति सेयर आम्दानी १२.५१ रहेको छ । वित्तीय संस्थाले ७ हजार ४ सय ६८ जना सदस्यलाई १ अर्व ६० करोड ५ लाख १९ हजार रुपैया कर्जा प्रवाह गरी १ अर्व ८ करोड ७५ लाख १८ हजार कर्जा असुली भई हाल ५१ करोड ३० लाख १ हजार रुपैया लगानीमा रहेको छ ।
संस्थाले गरिब तथा न्यून आय भएको जनसमुदायमा समूह विस्तार गरी १३ हजार २ सय ४ ग्राहक सदस्यबाट पौष मसान्त सम्म १५ करोड ४८ लाख ८८ हजार रुपैया बचत संकलन गरेको छ ।
संस्थाले सर्वसाधारणका लागी ४ करोड ६३ लाख ३० हजार रुपैया बराबरको सेयर निस्काशन गर्नेका लागी धितोपत्र बोर्डमा स्वीकृतीका लागी निवेदन दर्ता गरी प्रक्रिया अगाडी वढीसकेको संस्थाले जनाएको छ ।
संस्थाले १० जिल्ला कार्यक्षेत्रबाट २५ वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रवाह गरी रहेको छ । संस्थाको अधिकृत पूँजी ३० करोड, जारी पूँजी १४ करोड ४३ लाख ३० हजार र चुक्ता पूँजी ९ करोड ८० लाख रहेको छ ।