बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले अर्ध वार्षिक समिक्षा गर्नुका साथै शाखा प्रमुखहरुलाई व्यवस्थापन तालिम दिएको छ । इटहरी क्षेत्र र चोर्होवा क्षेत्रका २६ वटा शाखा कार्यलयका प्रमुखहरुलाई तालिम दिएको हो । उक्त तालिम तीन दिनसम्म संचालन भएको थियो ।
संस्थाले शाखा प्रमुखहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ जोखिम व्यवस्थापन, भाखा नाघेको कार्जा न्युनिकरण, तनाब व्यबस्थापन, आन्तरीक लेखा परिक्षणले औल्याएको कैफियत सुधार, नेतृत्व विकास, कर्जा र निक्षेप बृद्धि सम्बन्धि तालिम दिएको हो ।
तालिम कार्यक्रम संस्थाका संचालक समितिको सदस्य सुवर्ण पौडेलले हरेक कर्मचारिले आफुमा नीहित ज्ञान र शिपको अधिकतम प्रयोग गर्दे संस्थाको उद्देश्य प्राप्तीमा जोड दिन कर्मचारीलाई निर्देशन दिएका थिए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द चापागाइले तालिमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै नतिजामा पनि केही परिवर्तन आउने अपेक्षा व्यक्त गरे । साथै, लघुवित्तको लक्षित समुदाय सम्म पुगेर वित्तीय सेवाबाट बञ्चित समुहरुलाई संस्थाले दिने सेवाहरु पु¥याउन थप उत्साहित भएर लाग्न कर्मचारीहरुलाई निर्देशन समेत गरे ।