बैंकिङ खबर । एनआईसी एशिया लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमामा ५ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने २७ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरेको गरेको छ । ३ अर्ब ६४ लाख सापटि लिएर ३ अर्ब १३ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
१८ करोड ६५ लाख रुपैयाँ व्याज आम्दानी गरेको लघुवित्तले ५ करोड ६२ लाख रुपैयाँ व्याज वापत खर्च गरेर १३ करोड २ लाख रुपैयाँ बराबरको खुद व्याज आम्दानी गरेको छ ।
हाल ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले जगेडा कोषमा ५ करोड २१ लाख रुपैयाँ संचित गरेको छ ।
एनआईसी एशिया लघुवित्त एनआईसी एशिया बैंकको सहायक कम्पनी हो ।