बैंकिङ खबर । साधना लघुवित्त वित्तीय संस्था शाखा कार्यालय घ्याम्पेशालबाट कर्जा करोबार गरेकी जुनामाया सर्कीनीको निधन भएकोमा वित्तीय संस्थालाई बुझाउनु पर्ने बाँकी साँवा र ब्याज बापतको रकम ३३ हजार ८ सय ७ रुपैयाँ मिनहा गरिएको छ ।
कार्यक्रममा रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स सँगको सहकार्यमा गरिएको बीमाको दाबी भुक्तानी स्वरुप मृतकका श्रीमान सुसुरके दमाई लाई १ लाख ५ हजार रुपैया नगद प्रदान गरिएको हो ।
सोही अवसरमा संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले संस्थाद्धारा प्रदान गरिने सेवा सुबिधाको बारेमा जानकारी गराए । सामाजिक उत्तरदायित्वको क्षेत्रमा वित्तीय संस्थाले भविष्यमा थप योगदान गर्दै जाने बताए ।
शाखा स्तरीय अभिभावक अन्तरक्रीया कार्यक्रम समेत संचालन गरिएको उक्त कार्यक्रममा संस्थाको अध्यक्ष कृष्ण बहादुर थापाले वित्तीय संस्था स्थापनाको उदेश्य नाफामुखी नभई सेवामुखी भएको र ग्रामिण समुदाय लक्षित भएकोले रचनात्मक सुझावको लागि अनुरोध गरे ।