बैंकिङ खबर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले फिल्ड कर्मचारीहरुलाइृ तालिम दिएको छ । संस्थाले फिल्डमा का मगनेउृ कर्मचारीहरुकोे क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ आरएमडीसी लघुवित्तको सहकार्यमा नवलपुर जिल्लाको, रजहरमा संस्थाका ७ वटा शाखा कार्यालयका २३ जना फिल्ड कर्मचारीहरुलाइ जोखिम व्यवस्थापन सम्बन्धि २ दिने तालिम दिएको हो ।
संस्थाका पूर्व अध्यक्ष यम बहादुर विश्वकर्माले तालिमको उद्घाटन गर्दैे यस तालिमले कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै नतिजामा पनि केही परिवर्तन आउने अपेक्षा गरेका छन् । साथै, लघुवित्तको लक्षित समुदाय सम्म पुगेर वित्तीय सेवाबाट बञ्चित समुहरुलाई संस्थाले दिने सेवाहरु पु¥याउन थप उत्साहित भएर लाग्न कर्मचारीहरुलाई निर्देशन समेत गरे ।
तालिम प्रशिक्षकहरुमा संस्थाका वरिष्ठ अधिकृत इन्द्र बराली, कनिष्ठ अधिकृत भरत कुमार रसाली तथा अनुगमन अधिकृत टोप बहादुर सुनार रहेका थिए ।
तालिममा कर्मचारीहरुले जोखिम, वित्तीय संस्थाहरुमा देखिने जोखिमहरु, जोखिम व्यवस्थापन, जोखिम व्यवस्थापनको उदेश्यहरु, जोखिम व्यवस्थापन प्रकृया, कर्जा जोखिम र बच्ने रणनीति, ग्राहक पहिचान तथा व्यवस्थापन प्रकृया, शाखा कार्यालय अनुगमनको प्रतिबिम्बहरु, कर्जा विश्लेषण, कर्जा व्यवस्थापन, संस्थामा देखा परेका र देखा पर्न सक्ने जोखिमहरु तथा पौष मसान्त सम्मको प्रगति तथा लक्ष्यका बारेमा जानकारी हासिल गरेका थिए ।
हालसम्म ११ वटा तराईका जिल्ला ८ वटा पहाडी जिल्ला गरी जम्मा १९ वटा जिल्लामा ३३ वटा शाखा कार्यालय मार्फत आफ्नो ग्राहकलाई वित्तीय सेवा विस्तार गरेको छ । संस्थाले करिब ३० हजार ७ सय ३७ जना आर्थिक रुपले विपन्न, बैंकिङ पहुँचबाट वञ्चित समुह सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरेको छ ।