Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्लोबल आइएमई लघुवित्तद्धारा बाख्रापालन तालिम 

२०७५ माघ ७ गते

बैंकिङ खबर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विभिन्न केन्द्रमा आबद्ध महिला उद्यमीहरुलाई  बाख्रापालन  तालिम दिएको छ । संस्थाले लमजुङको चक्रतीर्थ, सोती पसल र चन्द्रेश्वर, गोरखा जिल्लाको सेतिपिपल र बुङकोट गरी १ सय जना महिलालार्ई तनुहँको वन्दिपुर स्थित वाख्रा अनसन्धान केन्द्रमा र नुवाकोट जिल्लाको त्रिशुली ,रातमाटे र धादिङ जिल्लाको आदमघाट र धार्के शाखा अन्तर्गत समूहमा आवद्ध ८० जना महिला उद्यमी सदस्यहरुलाई थप आयआर्जनमा टेवा पुर्याउने  उद्देश्यले नुवाकोट स्थीत मजुवादेवी कृषि फार्म, बेलकोटगढी र अमोटेमा गरी १/१ दिने बाख्रापालन तालिम तथा अध्यान अवलोकन भ्रमन सम्पन्न गरेको हो । 

विभिन्न शाखाहरुमा आवद्ध उद्यमी महिलाहरुलाई उन्नत बाख्रापालन प्रविधि, विभिन्न उन्नत जातका डालेघाँस, सन्तुलित आहाराको व्यवस्थापन, हाडनाता प्रजनन ्आदीका बारेमा विस्तृत ज्ञानहरु संस्थाका विषय विशेषज्ञद्वारा फार्म केन्द्रमा  नै प्रदान गरि उन्नत जातका बाख्रा अगाडि प्राविधिक ज्ञान हासिल हुँदा अवका दिनमा थप आयआर्जनमा बृद्धि हुने अपेक्षा सहभागीहरुले गरेका छन् । 
आगामी दिनहरुमा तालिमवाट  प्राप्त ज्ञान सदस्यले केन्द्र बैठकमा गएर अन्य सदस्यहरुलाई समेत दिने हुँदा बाख्रापालनमा विकास हुने विश्वास संस्थाले लिएको छ । 

संस्थाले  सदस्यहरुवाट यस्ता कार्यक्रम अन्य जिल्लामा पनि संचालन गरी लघु व्यवसायमा थप टेवा पु¥याउने उद्देश्य राखेको छ । 
 

Ad