Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वावलम्बन लघुवित्तले १८औं वार्षिकोत्सव मनायो  

२०७५ माघ ६ गते

बैंकिङ खबर। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले काठमार्डोमा एक कार्यक्रम गरि १८ औं वार्षिकोत्सव मनाएको छ । वित्तीय संस्थाले प्रत्येक वर्ष माघको पहिलो साता देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएको छ । लघुवित्तले यस पटक पनि सातै प्रदेशका विभिन्न स्थानमा वित्तीय साक्षरता, स्वास्थ्य शिविर, समुदाय विकास, वातावरण संरक्षण तथा अन्य सामाजिक कार्य गरी वार्षिकोत्सब समारोह मनाएको हो । 

कार्यक्रममा  लघुवित्त अभियन्ता शंकर मान श्रेष्ठले लघुवित्त सामाजिक व्यवसाय भएकाले नाफामूखि नभई सेवामूलक र यसको माध्यमबाट उद्यमशीलता विकासमा टेवा पु¥याउनुपर्नेमा जोड दिए । विपन्न र न्यून आय भएको वर्गलाई स्वावलम्बी बनाउनु लघुवित्त सेवाको प्रमुख उद्देश्य हुनुपर्ने उनको भनाई थियो । 

नेपाल राष्ट्र बैंक, लघुवित्त प्रबद्र्धन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक जनक बहादुर अधिकारीले नेपालका लघुवित्त वित्तीय संस्थाहरु मध्येको एक सक्षम संस्था स्वावलम्बनको लघुवित्त क्षेत्रको विकासमा विशिष्ट योगदान रहेको बताए । उनले लघुवित्त क्षेत्रको विकास संगसंगै विभिन्न जोखिमहरु देखापर्न थालेको उल्लेख गर्दै समाधान र न्यूनिकरणका लागि संस्था र ग्राहक दुबैमा स्वःअनुशासन अत्यावश्यक रहेको बताए । 

लघुवित्त संचालक समितिका अध्यक्ष राम कुमार श्रेष्ठले आगामी दिनमा लघुवित्तमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि तथा आयस्तरमा बृद्धि गर्न उनीहरुको लागि सीप लगायत शिक्षा जस्ता विषय समेत संगसंगै लान र उनीहरुलाई सकृय राख्न  वित्तीय संस्था अगाडी बढ्ने बताए । 

प्रमुख कार्यकारी अधिकृत भोजराज वस्यालले वित्तीय संस्थाले सानो सानो कर्जा, बचत, लघुवीमा लगायत वित्तीय साक्षरताको माध्यमबाट उद्यमशीलता विकास गर्दै आर्थिक सामाजिक रुपमा स्वावलम्बी समाजको निर्माण गर्न वित्तीय संस्था अग्रसर रहेको उल्लेख गरे  । 

लघुवित्तले सातै प्रदेशका ५७ जिल्लामा रहेका १ सय २८ शाखा तथा ९ इलाका कार्यालय मार्फत २ लाख ३० हजार बढी ग्राहकहरुलाई सेवा दिदै आएको छ ।

Ad