बैंकिङ खबर । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले विभिन्न ठाउँमा तालिम तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । चितवन जिल्लाको कालिका नगरपालिका वडा नं. ४ स्थित पदमपुरमा ४१ जना, भरतपुर महानगरपालिका वडा नं. २६ स्थित सिसहीमा ४७ जना तथा राप्ती नगरपालिका वडा नं. २ स्थित पिप्लेमा ४१ जना तथा नवलपुर जिल्लाको देवचुली नगरपालिका वडा नं. १४ स्थित दलदलेमा ५८ जना, मध्यबिन्दु नगरपालिका वडा नं. १३ स्थित मैनाघाटमा ४१ जना गरी ७ दिनको अवधिमा जम्मा २२८ जना सदस्य तथा स्थानीयलाई पशुपालन सम्बन्धी तालिम प्रदान गरेको छ ।
त्यस्तै, चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नं. २८ स्थित जितपुरमा ३० जना सदस्य तथा स्थानीय व्यक्तिलाई कृषि व्यवसाय सम्बन्धी तालिम प्रदान गरेको हो । उक्त तालिममा उपस्थित सदस्य तथा स्थानियहरुले संस्थाको कार्यक्रम सम्बन्धमा राखेको जिज्ञासा तथा उत्तर दिने अन्तरक्रियात्मक कार्यक्रम समेत गरिएको थियो ।
उक्त तालिम कार्यक्रममा प्रशिक्षण प्राविधिक श्रोत व्यक्तिद्धय बिकास प्रसाद दाहाल तथा वकिल बहादुर गुर्धामीले दिएका थिए ।
कार्यक्रममा उष्कृष्ट समुहलाई पुरस्कृत तथा उत्कृष्ट सदस्यहरुलाई सहुलियत दरको कर्जा पाइने पहिचान स्वरुपको ब्याच वितरण गरिएकोे थियो ।