May 29th, 2016

विदेशी लगानीमा लगाउँदै आएको प्रतिबन्ध फुकाउँदै चीन

chinaचीनको ई–कमर्श, लजिष्टिक, लेखाङ्कन र लेखा परीक्षण लगायतका विभिन्न क्षेत्रमा विदेशी लगानीमा लगाइँदै आएको प्रतिबन्ध हट्ने भएको छ । साथै, चीनले वित्त, शिक्षा, संस्कृति र स्वास्थ्य सेवालगायत सेवा क्षेत्रका अन्य हिस्सामा पनि विस्तारै विदेशी लगानीको अनुमति दिने भएको छ ।  

निर्यात खस्कँदै गएपछि लगानी र निर्यातमा उल्लेख्य रूपमा निर्भर चिनियाँ अर्थतन्त्र सुस्ताइरहेको छ । निर्यातमा आधारित अर्थतन्त्रलाई सेवा र घरेलु मागतर्फ मोड्ने लक्ष्य हासिल गर्न सरकारले सेवा क्षेत्रमा विदेशी कम्पनीहरूलाई लगानीको अनुमति दिन लागेको हुन सक्ने विश्लेषण गरिएको छ । 

सन् २०२० सम्ममा चीनको सेवा क्षेत्रको व्यापार १० खर्ब डलरभन्दा माथि उक्लिने प्रक्षेपण काओले गरेका छन् । चीनको व्यवसाय तथा लगानी वातावरण सुधार्न र चीनको आर्थिक वृद्धिलाई टेवा दिन सक्ने सम्भावित क्षेत्रमा अमेरिकी लगानी खुला गर्न अमेरिका र चीनबीच द्विपक्षीय बैठक हुनु केही समय बाँकी रहेको अवस्थामा उनले यस्तो अभिव्यक्ति दिएका हुन् । यसलाई विश्लेषकहरूले सकारात्मक सङ्केतका रूपमा हेरेका छन् । एजेन्सी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]