Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आँधिखोला लघुवित्तले आईपिओ जारी गर्ने तयारी गर्दै

२०७५ पुष ३० गते

बैंकिङ खबर । आँधिखोला लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र वैंकको परिपत्र बमोजिम उपयुक्त लघुवित्त संस्थाहरुसँग गाभ्ने/गाभिने, तथा प्राप्ती गर्नेे प्रयोजनका लागी आवश्यक अधिकार संचालक समितिले पाएको छ । लघुवित्तको बार्षिक साधारणसभाले सर्वसाधरणका लागि सेयर जारी गर्ने सम्वन्धी प्रस्ताव समेत पारित गरेको हो ।

संस्थाले सर्वसाधरणका लागि सेयर जारी गर्न एनआई विएल एस क्यापिटलसँग संझौता गरी प्रकृया अगाडी बढाइसकेको छ । छिट्टै नै साधरण सेयर जारी हुने र संस्थालाई अगाडी वढाउनका लागी नियमनकारी निकायको निर्देशन अनुरुप लाग्ने कुरा समेत साधारणसभाबाट पारित भएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत डोलराज के.सीले आगामी दिनमा ग्रामीण क्षेत्रलाई लक्षित गरी शाखा विस्तार गर्ने जानकारी दिए । आँधिखोलाले १० जिल्लामा १९ वटा शाखा कार्यालय मार्फत १२ हजार ७ सय ३९ सदस्यलाई सेवा दिईरहेको छ । लघुवित्तको हालको अधिकृत पुँजी १५ करोड जारी पुँजी १० करोड र चुक्ता पुँजी ६ करोड रहेको छ ।

Ad