Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेशनल माइक्रोफाइनान्सका नवनियुक्त अध्यक्षद्धारा शपथ ग्रहण

२०७५ पुष २३ गते

बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको संचालक समितीको ७७औँ बैठकबाट सर्वसमितिले पुनःअध्यक्ष नियुक्त भएका केशव प्रसाद अचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । संस्थाको संचालक समितीका सदस्यहरु रविन सिजापति, बद्रि प्याकुरेल, रामकुमार तिमलसिना, जमुना श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवको उपस्थितीमा अध्यक्ष आचार्यले नेपाल राष्ट्र बैंकको बैंक तथा बित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नरायण प्रसाद पौडेलसमक्ष सपथ ग्रहण गरेका हुन् ।

२०७१ अषाढ १८ गते संचालनमा आएको संस्थाले ४ बर्षको अवधिमा देशको सात वटै प्रदेशको ३७ जिल्लामा ५० वटा शाखा कार्यालय विस्तार गरी करीब७० हजार विपन्न घरधुरीलाई सेवा पुर्याउँदै आइरहेको छ । संस्थाको हाल लगानीमा रहेको कर्जा  करीब तीन अर्ब र बचत करीब एक अर्ब रहेको छ ।

Ad