Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वावलम्बन लघुवित्तद्वारा बाँकेमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७५ पुष १९ गते

बैंकिङ खबर । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय, रझेना बाँकेले बाँके जिल्लाका विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कोहलपुर बजार क्षेत्र, पिपरी, हवल्दारपुर, कौशिलानगर, विकासनगर, वानियाँभार, दिपनगर लगायत संझनाचोक र चिसापानी क्षेत्रका ग्राहक सदस्य, अभिभावका साथै स्थानीयको सहभागीतामा कार्यक्रम आयोजना गरिएको हो ।

आयोजित कार्यक्रमलाई सम्बोधन गर्देै कोहलपुर नगरपालिकाका उपप्रमुख सञ्जु कुमारी चौधरीले हाल बहुबैकिङ कारोवार, एकले कर्जा लिई अरुलाई चलाउन दिने तथा घर सल्लाह नगरी कर्जा लिने र ब्यवसाय भन्दा पनि फजुल खर्चको लागि कर्जा लिने प्रवृतिको अन्त्य गर्न र वित्तीय अनुशासन कायम गर्न कार्यक्रमले सहयोग पु¥याउने बताईन् ।

कोहलपुर नगरपालिकाका वडा न. १ का अध्यक्ष गोपी खनालले कौशिलानगर क्षेत्रका सहभागिलाई सम्वोधन गर्दै हाल कति घरपरिवारले आर्थिक कारोवार विगारेर घरखेत वेचविखन गरि अझ गरिब भएको, धेरै वित्तीय संस्थावाट कर्जा लिई फजुल खर्च गर्ने, आफ्नो जीवनस्तर उकास्न रकम परिचालन सहि तरिकाले नगर्ने कार्यले समाजमा विकृती फैलिएको पाइएको हुदा यस्तो वित्तीय साक्षरता कार्यक्रमले जीवनस्तर उकास्न, वचत गर्ने बानी र आफ्नो क्षमता अनुसार कर्जा लिई आयमूलक कार्यमा लगाउन मद्दत गर्ने कुरमा जोड दिए । 

शाखा प्रवन्धक चन्द्र वहादुर थापाले आर्थिक–सामाजिक र शैक्षिक रुपमा पछि परेका वर्गलाई गतिशील दिशामा अघि वढाउन र उनीहरुलाई वित्तीय पहुँच पुर्याइ जीवन स्तर उकास्न, आम्दानी गरि खर्चमा मितव्ययिता अपनाई वचत गर्ने बानी बसाल्न र आफ्नो पारिवारिक आम्दानी खर्चको लेखा जोखा गरि योजना वनाई अगाडी बढ्न र वित्तीय अनुशासन कायम गर्न आवश्यक रहेकोले वित्तीय साक्षरता आयोजना गरिएको बताए । 


 

Ad