Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कृषिमा पाइन्छ सस्तो व्याजको ऋण, १० हजारले मात्रै लिए 

admin २०७५ पुष १९ गते
सेयर:

बैंकिङ खबर । कृषि काम गर्नका लागि सहुलियत व्याजमा ऋण पाइन्छ भन्ने कुरा धेरै किसानलाई थाहा नहुन सक्छ। विभिन्न कृषि काम गर्नका लागि बैंकहरुबाट किसानले लिने ऋणमा सरकारले ५ प्रतिशत व्याज अनुदान दिन्छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिक मसान्तसम्म ९ हजार ७४९ जनाले सहुलियत व्याजमा कृषि कामका लागि ऋण लिएका छन्। तपाईले गर्ने कृषि व्यवसायको आकारअनुसार ५ करोड रुपैयाँसम्म ऋण पाइन्छ। 

बैंकको आधार व्याजदरमा बढीमा २ प्रतिशत जोडी त्यसमा ५ प्रतिशत अनुदान व्याज घटाई बाँकी व्याज तपाईले तिर्नुपर्छ। जस्तो ८ प्रतिशत आधार व्याजदर भएको बैंकबाट यस्तो ऋण लिने हो भने तपाईलाई जम्मा ५ प्रतिशत व्याज तिरे पुग्छ।

त्यसकारण सहुलियत दरको ऋण लिँदा पनि तपाईले आधार व्याजदरलाई भने ध्यान दिनु जरुरी छ। अर्को महत्वपूर्ण कुरा यस्तो ऋणमा कुनै धितो राख्नु पर्दैन। यो ऋण लिएर तपाईले किनेको पशुपंक्षी, धानबाली वा फलफुल फर्म नै धितो हुन्छ। 

धान, गहुँ, मकै, कोदो, जौँ, तोरी, सरस्युँ, केराउ, चना, भटमास लगायत अन्नबालीका लागि यस्तो ऋण परिचालन गर्न सकिन्छ। त्यस्तै चिया, अलैँची, नरिवल, कपास, अल्लो, अदुवा, रबर, उखु, मरिच, बेसार जस्ता नगदेबाली गर्नेहरुले पनि यो ऋण लिन पाउँछन्। 

लसुन, प्याज, काउली, बन्दा, कुरिलो, भेन्टा, ब्रोकाउली, गोलभेंडा, खुर्सानी, पिडालु, मुला, गाजर, तरुल, घिरौंलाजस्ता तरकारी खेतीका लागि यो ऋण पाइन्छ। त्यस्तै आँप, सुन्तला, स्याउ, अनार, अम्बा, कागती, केरा, लप्सी, लिची, मेवाजस्ता फलफूल खेतीका लागि यो ऋण लिन सकिन्छ। 

यीबाहेक गाई, गोरु, भैंसी, बाख्रा, कुखुरा, मौरीपालनका लागि ऋण लिन सकिन्छ। मत्स्यपालन, बंगुरपालन, रेशमकिरा पालनको लागि ऋण लगानी गर्न सकिन्छ। तपाईले गर्ने व्यवसायका लागि चाहिने कृषि यन्त्रहरु, औषधि तथा दानापानीका लागि यो रकम खर्चिन सकिन्छ। 
 

कसरी लिने ऋण ?  

तपाईले सबैभन्दा पहिला कृषि फर्म दर्ता गर्नुपर्छ। आन्तरिक राजश्व कार्यालयमा दर्ता भएको प्यान नं. लिनुपर्छ। त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय वा सिप विकास तालिम केन्द्रबाट आफूले गर्न लागेको कृषि सम्वन्धी कामको तालिम लिएको प्रमाणपत्र हुनुपर्छ। 

अब कम आधार व्याजदर भएको बैंक छानेर त्यसको नजिक रहेको शाखामा जानुहोस्। व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा मागको आवेदन भर्नुहोस्। यसका लागि तपाईले गर्ने कृषि व्यवसायको सम्पूर्ण विवरण र योजना चाहिन्छ। 

बैंकले उपलव्ध गराएको परियोजनाको ढाँचमा यी विवरण भर्नुहोस्। तपाईको र परिवारका सदस्यको नागरिकताको प्रमाणपत्र प्रतिलिपी पनि चाहिन्छ। 

कुन बैंक छान्ने ? कम आधार व्याजदर भएकोमा जानुहोस् 
 

 Bank   Base rate (Ashwin 075)
Rastriya Banijya Bank 6.33%
 Nepal Bank  7.52%
Nabil 8.06%
 Standard Chartered  8.14%
 Everest  8.80%
Nepal Investment 9.03%
Himalayan  9.22%
 Prabhu  9.49%
Prime 10.39%
Nepal SBI 10.43%
 Sanima  10.55%
Mega 10.55%
 Global IME  10.59%
 Siddhartha  10.62%
Bank of Kathmandu 10.62%
NMB 10.68%
NIC Asia 10.77%
Nepal Bangladesh 10.84%
Sunrise 10.97%
 Civil  10.98%
 Kumari  11.09%
 Machhapuchchre  11.21%
Janata 11.22%
 Laxmi  11.28%
Nepal Credit & Commerce 11.45%
 Citizens  11.47%
Century 11.51%
 Agriculture Dev  12.32%
ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।