Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुवित्त पाँचौं बर्षमा प्रवेश, विभिन्न कार्यक्रमका साथ मनायो बार्षिक उत्सव

२०७५ पुष १७ गते

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तिय संस्था लिमिटेड सञ्चालनको चौथो बर्ष सफलता पुर्वक पुरा गरि पाँचौं वर्षमा प्रवेश गरेको छ । उक्त उपलक्ष्यमा केन्द्रिय कार्यालय तथा विभिन्न शाखा कार्यालयहरुले विभिन्न कार्यक्रम गरि चौथो वार्षिक उत्सव सम्पन्न गरेको छ ।

संस्थाले आफ्नो वार्षिक उत्सव मनाउने क्रममा कैलाली जिल्लाको धनगडी स्थित मोतिचोकमा  रत्तदान,काठमाण्डौको सितापाइलामा रेडक्रस सोसाइटी उपशाखाको आयोजनामा रत्तदान,कैलालीको लम्किचुहा शाखाले आसपासका स्थानमा स्थानिय संघ संस्था र सर्बसाधारणको उपस्थितीमा वृहत सरफाई कार्यक्रम, बाँके जिल्लाको कोहलपुर स्थित नौवस्तामा सरसफाई कार्यक्रम,तँनहुको क्यामिनमा वित्तिय साक्षरताको लागि प्रभातफेरी कार्यक्रम,दाङको लमहिमा राप्ती डेन्टल किल्निकको आयोजनामा निःशुल्क दन्त शिविर र इटहरी सुनसरीमा बिराट आँखा अस्पताल र लियोक्लब इटहरीको आयोजनामा  ३०० जनाको निःशुल्क आँखा परिक्षण र बिश्व आदर्श कलेजमा करिब १२० विधार्थीसँग सडक सुरक्षा सम्बन्धि ट्रफिक प्रहरीको सहयोगमा जनचेतना कार्यक्रम सम्पन्न गरेको छ ।  

यस अवसरमा लघुवित्तले प्रादेशिक रुपमा सामाजिक कार्यक्रमहरु सञ्चालन गरेको छ । उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधि, वडा अध्यक्ष, नगर प्रमुख, यातायात व्यवसायिक संघ र विभिन्न बैक,वित्तिय संस्थाका साथै अन्य गैर सरकारी संस्थाका गाहक सदस्य र सर्बसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।

संस्थाले स्थापनाको छोटो समयमा  नेपालभरी ४५ वटा जिल्लामा ७३ वटा शाखा विस्तार गरि करिव ७०,००० गा्हक महिला सदस्यहरु मार्फत वित्तिय सेवा तथा सामाजिक जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

Ad