Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्लोबल आइएमई लघुवित्तको प्रमुख कार्यकारी अधिकृत किरण कुँवरको कार्यकाल थपियो

२०७५ पुष १३ गते

बैंकिङ खबर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको वर्तमान प्रमख कार्यकारी अधिकृत किरण कुँवरको ४ वर्षे कार्य अवधि समाप्त भए पश्चात पुनः दुई वर्षका लागि नियुक्त भएका छन् । 

सञ्चालक समितिको पुस ११ गते वसेको ८९ औं वैठकको निर्णय वमोजिम बैक तथा वित्तीय संस्था सम्वन्धी ऐन २०७३, र संस्थाको प्रवन्धपत्र तथा नियमावलीको अधिनमा रहि पुन २ वर्षको लागि संस्थाको प्रमुख कार्यकारी अधिकृत पदमा पुन नियूक्ती भएको छ । 

हाल संस्थाको ४५ जिल्ला कार्यक्षेत्र रहेको छ । संस्थाले नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३, र कम्पनी ऐन २०६३ तथा अन्य प्रचलित कानूनको अधिनमा रही वित्तीय कारोबार गदै आइरहेको छ ।

हाल संस्थाले ६३ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त कार्यक्रमहरु सञ्चालनमा गर्दै आइरहेको छ ।  । मंसिर मसान्त सम्म संस्थामा १९३ जना कर्मचारीहरु कार्यरत रहेका छन भने संस्थाले ५८,४९४ जना सदस्यवाट रु. ५२ करोड १३ लाख वचत संकलन गरि ३४,६२८ जना उद्यमी सदस्यहरुलाई १ अर्व ९५ करोड ६५ लाख रुपैया कर्जा लगानी गरेको छ । साथै, चालु आर्थिक वर्षबाट संस्थालाई राष्टियस्तर कार्यक्षेत्र वनाउने प्रस्ताव वार्षिक साधारण सभावाट पारित भैसकेको जानकारी छ । 

Ad