Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

 सर्लाहीको हरीपुर्वामा नेशनल माइक्रोफाइनान्सको नयाँ शाखा विस्तार 

२०७५ पुष १३ गते

बैंकिङ खबर । नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले सर्लाही जिल्लाको हरीपुर्वा नगरपालिकाको वडा न.५ हरीपुर्वा बजारमा नयाँ शाखा बिस्तार गरेको छ । नयाँ शाखा कार्यलयको उद्घाटन प्रमुख अतिथी प्रदेश सांसद रविन्द्र बैठा र सन्चालक समितीका अध्यक्ष केशव प्रसाद आचार्यले संयुक्त रुपमा गरे । 

उक्त कार्यक्रममा विशिष्ठ अतिथीको रुपमा प्रदेश सांसद क्रमशगौरी नरायण साह, श्यामपरि राम, संस्थाको प्रमुखकार्यकारी अधिकृत श्री रामबहादुर यादव र हरीपुर्वा न.पा.मेयर, श्री सियाराम रायसाथै अतिथीको रुपमा वडाध्याक्षहरु, समाजसेवी, राजनितीक प्रतिनिधी अभिभावकहरु, ग्राहक सदस्य केन्द्रिय कार्यालयको संचालन विभाग प्रमुख सिताराम पंडित तथा सुरक्षा प्रतिनिधीहरु गरि करीब ३०० जनाको सहभागीता रहेको थियो ।

साथै,  संस्थाको प्रमुख कार्यकारी अधिकृत  रामबहादुर यादवले संस्थाको सुरुवात देखी हालसम्मको प्रगतीको लगायत संस्थाले प्रदान गर्ने सेवाहरुको बारेमा बिस्तृत रुपमा जानकारी गराउदै शाखा कार्यालयको उत्तरोतर प्रगतीको कामना व्यक्त गरे । 

हाल संस्थाले ५० वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच देशका सातै वटा प्रदेशका ३७ वटा जिल्लामा ६६ हजार भन्दा वढी विपन्न परिवारमा पुगेको छ ।  हाल सम्म संस्थाको लगानीमा रहेको कर्जा २ अर्व ६३ करोड र बचत रु. ८४ करोड भन्दा वढी सदस्यहरुवाट संकलन गर्न सफल  भैइसकेको छ । 
 

Ad