बैंकिङ खबर । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले संचालक समितिको प्रस्तावलाई पारित गर्न आगामी पुस २७ गते वार्षिक साधारणसभा गर्ने भएको छ । सभामा संस्थाले सेयरधनीलाई २० प्रतिशत नगद र २५ प्रतिशत सेयरसहित ४५ प्रतिशत लाभांश दिने विषेश प्रस्ताव अघि सारेको छ ।
सभाले पारित गरेपछि सेयरधनीले चुक्ता पुँजीको ४५ प्रतिशत लाभांश पाउनेछन् । हाल संस्थाको चुक्ता पुँजी ३० करोड एक लाख रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस सेयरपछि माइक्रोफाइनान्सको चुक्ता पुँजी ३७ करोड ५२ लाख रुपैयाँ नाघ्ने छ ।
संस्थाले आगामी पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार पुस १४ गतेसम्म कायम सेयरधनीले मात्रै साधरणसभाले पारित गर्ने लाभां्रश पाउने छन् ।