बैंकिङ खबर । बैंकिङ खबर । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य “राष्ट्रिय सेवा सम्मान–२०७५” द्वारा सम्मानित भएका छन् । फोकस नेपाल संस्थाले नेपाल पर्यटन वोर्ड काठमाण्डौंमा आयोजना गरेको गोष्ठी तथा स्रष्टा सम्मान समारोहमा उत्कृष्ट लघुवित्त व्यवस्थापन तथा विभिन्न आर्थिक क्षेत्रमा गरेको योगदानको कदर स्वरुप उनलाई सम्मान गरिएको हो ।
उक्त सम्मान पूर्व पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले प्रदान गरेका थिए ।