Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

रोल्पाको जुगारमा निर्धन उत्थान लघुवित्तको नयाँ शखा विस्तार  

२०७५ पुष ९ गते

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिािटेडले रोल्पाको जुगारमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको उद्घाटन त्रिबेणी गाउँपालिकाका प्रमुख शान्त कुमार वलीले गरे । उद्घाटनको क्रममा शाखा प्रमुख गेहेन्द्र शर्माले स्वागत मन्तब्य राखेका थिए । उक्त कार्यक्रममा संस्थाका बरिष्ठ ब्यवस्थापक लेखनाथ न्यौपाने र वरिष्ठ ब्यवस्थापक शम्भु न्यौपानेको उपस्थिति रहेको थियो ।

त्रिबेणी गाउँपालिकाका प्रमुख शान्त कुमार वलीको प्रमुख आतिथ्यतामा उदघाटन उक्त कार्यक्रममा ३ जना विपन्न महिलाहरुलाई प्रथम कर्जा लगानी गरेको छ ।

कार्यक्रममा बोल्दै, क्षेत्रीय प्रमुख शम्भु न्यौपानेले संस्थाको प्रगति विवरण प्रस्तुत गरे । त्यस्तै,  संस्थाका ब्यवस्थापक गोविन्द प्रसाद कोईरालाले संस्थाले प्रदान गर्ने वित्तीय तथा गैर वित्तीय सेवाहरु बारे प्रकाश पारेका थिए । 

उदघाटन समारोहमा बोल्दै, संस्था सफलताको लागि त्रिबेणी गाउँपालिका वार्ड नं. ५ का वार्ड अध्यक्ष कृष्ण के.सी., वार्ड नं. २ का वार्ड अध्यक्ष कबिराज बुढा, बजार प्रतिनिधि खड्ग बहादुर वली, बजार ब्यबस्थापन समितिका प्रतिनिधि भिम लाल राना मगर, बुद्धिजिवि कुश बहादुर पुन, नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेड जुगार शाखाका शाखा प्रमुख रबिन्द्र कुमार मिश्रले शुभकामना मन्तब्य व्यक्त गरे ।

हाल संस्थाले १८० शाखा स्थापना गरी आफ्नो संजाल विस्तार गर्दै आइरहेको छ ।  संस्थाले २०७५ कात्र्तिक मसान्तसम्ममा ३ लाख २८ हजार ९०६ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले २०७५ कात्र्तिक मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु. १६ अरब ११ करोड ८१ लाख रहेको छ भने ग्राहक सदस्यहरुका ९ अरब १३ करोड ६५ लाख बचत परिचालन गरेको छ  भने अन्य संस्थाले सेवा नपु¥याएको क्षेत्रमा प्राथमिकता दिदै चालु आ.व.मा रोल्पाको जुगार र जुम्लाको सिंजामा शाखा विस्तार गरेको छ । 


 

Ad