December 13th, 2018

माइक्रो फाइनान्सले ल्याएको समृद्धि देख्दा, खुसीले मन गदगद हुन्छ

बैंकिङ खबर । नेपालमा लघुवित्तको विकास र विस्तार तिव्र रुपमा हुदै आएको छ । २०४९ सालमा सरकारी स्तरबाट र गैह्रसरकारी स्तरबाट लघुवित्त कार्यक्रम सुरु भएको थियो । पछि विश्वसनियता, संस्थागत स्थायित्व, निरन्तरता आदिको कारणबाट गैह्रसरकारी संस्थाभन्दा छुट्टै वित्तीय कम्पनीको आवश्यकता महशुस भई तत्कालीन अग्रणी गैह्रसरकारी संस्थाहरुको अगुवाई तथा प्रवद्र्धनमा लघुवित्त विकास बैंकहरु स्थापना भएका हुन् ।

हाल नेपालमा ६५ वटा लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । यी संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्थाहरु हुन् । पछिल्लो समयमा बैंक तथा वित्त संस्थाहरुको विकास जति भएता पनि मानिसहरुको रोजाई लघुवित्ततर्फ बढ्दो रुपमा रहेको छ । मानिसहरुले लघुवित्तलाई साथीको रुपमा स्थापित गर्दै आएका छन् । 

हाल नेपालका वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले पनि लघुवित्त क्षेत्रमा आफ्नो कारोबार कार्य सुरु गरेका छन् । शाखारहित बैंकिङ, ग्रामीण शाखा, र विभिन्न आधुनिक प्रविधिमार्फत उपरोक्त संस्थाहरु लघुवित्त क्षेत्रमा क्रियाशील छन् । विभिन्न सहकारी संस्थाहरु र वित्तीय गैह्रसरकारी संस्थाहरुबाट पनि नेपालमा लघुवित्त सेवाहरु प्रदान भईरहेका छन् । वाणिज्य बैंक, विकास बैंक र अन्य वित्तीय क्षेत्रले लघुवित्त कार्यक्रममा जति नै क्रियाशिल रहेता पनि घ वर्गका लघुवित्त वित्तीय संस्थाहरु नै ग्रामीण र नेतृत्वदायी भुमिकामा अगाडी बढदै आएका छन् । सबै सर्वसाधरणहरुको रोजाईको रुपमा लघुवित्त वित्तीय संस्थाहरु रहेका छन् । 

आर्थिकदेखि सामाजिक क्षेत्रको सुधारमा लघुवित्त 
लघुवित्त संस्थाहरुले आर्थिक देखि सामजिक क्षेत्र सम्म योगदान पु¥याउदै आएका छन् । धनी, गरीव, दलित , अपाङ्ग, अशक्त र वृद्धालाई एउटै समुहमा मिलाएर सामजिक भेदभाव अन्त्य गरेको छ । महिलाहरुलाई आत्मनिर्भर गराउने प्रयास गरेको छ । घरदैलोमा गएर सहज तरिकाले वित्तिय सेवा प्रदान गर्दै आएको छ । नेपाल वित्तिय सस्थां धेरै छन तर पनि सजिलो सहज र विना धितो सेवा प्रदान गर्ने लघुवित्त नै रहेको छ । 
 

ग्रामीण भेगदेखि सुगम ठाउँसम्म लघुवित्त 
चाउरी परेका बुढीदेखि सुकिला मुकिलासम्म, खरको चुुहने छानोदेखि पक्की महलसम्म र शहरदेखि गाउँसम्म सवैजनालाई सेवा प्रवाह गर्न सफल भएको छ । गाउँ – गाउँमा गएर पछाडी परेका विपन्ना , दलित र समाजले नपताउने खालका महिलाहरुको लागि एउटा असल साथी रुपमा स्थापित भई काम गर्दै आएको छ ।  लघुवित्त गरिबहरुको साथी भएको छ । दु.ख पर्दा सहयोग गर्ने गरेको छ । 

विश्वासिलो माध्यमको रुपमा लघुवित्त 
लघुवित्त कार्यक्रम आपसी विश्वासमा चल्ने एउटा वित्तिय प्रणाली हो । उक्त कार्यक्रममा विपन्न, कम आय भएका मानीस, सम्पती विहिन, सिमान्तकृत, शोषित, पीडित र पछाडि परेका वर्गसँग कारोवार गर्ने गर्दछ । यसले लक्षित वर्गको सानो कर्जा प्रवाह गरी छिटो र सहज तरिकाले कर्जा प्रवाह गर्दछ । महिलाहरुको लागि भोलीको भविष्य सुरक्षित गराउँन स—साना वचत गराउने गर्दछ । यो कार्यक्रमले छोटो अवधिमा सानो रकमले विविध क्षेत्रमा कर्जा प्रदान गर्दछ । यसले सामजिक काम सँगसँगै सदस्यको लागी  विभिन्न सुविधा प्रदान गर्दछ

महिलाहरुको जिवनशैली परिवर्तनमा टेवा 
महिला र लघुवित्तबीच नङ्ग मासुको जस्तो सम्वन्ध छ । यसले महिलाहरुको लागी आत्म विश्वास बढाउदै नेतृत्व गर्ने क्षमताको विकास गरेको छ । लघुवित्तले महिलाहरुलाई उद्यमी बनाउँदै आन्तरिक रोजगार सृजना गरेको छ । सवै जातिका महिलाहरु लाई एउटै समुहमा राखेर कर्जा प्रवाह गर्दै जातिय भेदभावको  अन्त्य गर्ने प्रयाससमेत लघुवित्तले  गरेको पाईन्छ । लघुवित्त संस्थाहरुले महिलाहरुको जीवनशैलीमा परिवर्तण ल्याएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]