December 13th, 2018

चौतारी लघुवित्तको आईपिओ बाँडफाँड शुक्रबार

बैंकिङ खबर । चौतारी लघुवित्तको आईपिओ शुक्रबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार लघुवित्तले निष्काशन गरेको ५ लाख ६० हजार सात सय कित्ता सेयरमा ३०.५० गुणा बढी आवेदन परेको थियो । लघुवित्तको आईपिओमा २ लाख ७३ हजार ५०० आवेदनबाट एक अर्ब ७१ लाख रुपैयाँ बराबरको एक करोड ७१ लाख कित्ता सेयर माग भएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]