Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

एनएमबि माइक्रोफाइनान्सको निमित्त सीईओमा रामप्रसाद मिश्र नियुक्त

२०७५ मंसिर २७ गते

बैंकिङ खबर । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामप्रसाद मिश्र नियुक्त गरेको छ । संस्थाको हालै बसेको संचालक समितिको बैठकले निमित्त सीईओमा नियुक्त गरेको हो । यसअघि उनी वित्तीय संस्थाको सहायक महाप्रबन्धक थिए ।

संस्थाका सीईओ फनिलाल चौधरीको असामाहीक निधन भएकाले समितिले मिश्रलाई निमित्त सीईओको जिम्मेवारी दिएको हो । गम्भीर बिरामी सीईओ चौधरीको अस्पतालमा उपचारको क्रममा गत मंसिर २६ गते निधन भएको हो ।

Ad