December 11th, 2018

कालिका लघुवित्तका नवनिर्वाचित अध्यक्ष पौडेलद्धारा सपथ ग्रहण

 बैंकिङ खबर । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडका नव नियुक्त अध्यक्ष बासुदेव पौडेलले मंगलबार शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतम समक्ष अध्यक्ष पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । 

सञ्चालक समितिमा निवर्तमान अध्यक्ष विष्णु प्रसाद पौडयालले राजिनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदमा सञ्चालक समिति सदस्य बासुदेव पौडेल सर्वसम्मत चयन भएका हुन् । आगामी साधारण सभा सम्मको लागि पौडेल अध्यक्षको रुपमा चयन भएका हुन् ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]