December 11th, 2018

राष्ट्र सेवकको अनिवार्य बीमा : राष्ट्रिय बीमा संस्थानले गर्ने

बैंकिङ खबर । राष्ट्र सेवकको ( निजामती, प्रहरी, शिक्षक र शसस्त्र )  पनि अनिवार्य जीवन बीमा हुने भएको छ । गत मंसिर ६ गते भएको सरकारको निर्णय अनुसार सम्पूर्ण राष्ट्र सेवकहरुको राष्ट्रिय बीमा संस्थानले बीमा गर्ने भएको हो ।

संस्थानले प्रत्येक राष्ट्र सेवकको २ लाख रुपैयाँ बराबरको बीमा गर्नेछ । जस बापत विमित राष्ट्र सेवकले प्रत्येक बर्ष ९ हजार ६ सय रुपैयाँ बीमाशुल्क भुक्तानी गर्नुपर्नेछ । जसमध्ये सम्बन्धित संस्थाले आधा र आधा रकम स्वयंम विमित राष्ट्रसेवकले भुक्तानी गर्नुपर्नेछ । जसमा  बीमा योजनाको अवधि २० बर्षको हुनेछ ।

हाल नागरिक लगानीकोषले राष्ट्र सेवकको जोखिम ग्रहण गर्दै आईरहेको छ । कति संख्यामा राष्ट्र सेवक छन् भन्ने विषयमा एकिन भएको छैन् । कोषले आवश्यक कागजपत्र बुझाएपछि कति जना राष्ट्रसेवकको बीमा हुने भन्ने कुरा स्पष्ट हुनेछ । बीमा चालु योजनाले चालु आवको साउनबाट नै जोखिम बहन गर्नेछ ।
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]