December 11th, 2018

मेरो माइक्रोफाइनान्सले हकप्रद जारी गर्ने, धितोपत्रबोर्डसँग अनुमति माग

बैंकिङ  खबर ।  मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शत प्रतिशत हकप्रद शेयरको अनुमतिका लागि मंसिर २४ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कार्तिक ९ गते सम्पन्न भएको कम्पनीको छैटौं वार्षिक साधारण सभाले साबिकका शेयरधनीहरुलाई १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो ।

सोही साधारण सभाले शेयरधनीहरुलाई १५ प्रतिशत बोनश शेयर र ११.३२ प्रतिशत नगद लाभांस समेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थाले डिम्याट खातामा बैंक खाता अद्यावधिक भएका शेयरधनीहरुलाई नगद लाभांस वितरण गरिसकेको छ भने बोनश शेयर वितरणका लागि नेपाल धितोपत्र बोर्डमा बोनश शेयर दर्ता समेत गराइसकेको छ । नेपाल धितोपत्र बोर्डबाट दर्ता प्रमाणपत्र प्राप्त हुनसाथ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मा सूचिकरण तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा अभौतिकीकरणका लागि दर्ता गरी शेयरधनीको खातामा बोनश शेयर प्रविष्टी गर्ने कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत नबराज दाहालले जानकारी दिए । 

हाल मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको चुक्ता पूँजी रु. ३२ करोड ८९ लाख रहेको छ । हकप्रद शेयर जारी पश्चात संस्थाको चुक्ता पूँजी ६५ करोड ७८ लाख पुग्ने छ ।

हाल मेरोमाइक्रोफाइनान्स लघुवित्त संस्था ४८ जिल्लामा  ८६ शाखा कार्यालय मार्फत ग्राहकवर्गहरुलाई सेवा तथा सुविधा दिँदै आइरहेको छ । साथै संस्थाले  वित्तीय साक्षरता सम्बन्धि विभिन्न लघुवित्त सेवा प्रदान गरिरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]