December 10th, 2018

सल्यानमा निर्धन उत्थान लघुवित्तद्वारा ब्यवसायिक बाख्रापालन तालिम सम्पन्न

बैंकिङ खबर ।  निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका अफ्ना २५ जना ग्राहक सदस्यहरुको सहभागितामा  मंसिर १७ गतेदेखि १९ गतेसम्म सल्यान जिल्लाको सल्लीबजारमा “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको छ । तालिम प्रशिक्षकहरुमा बालकृष्ण बस्नेत, दिल बहादुर पुन,  क्षेत्रीय प्रमुख राज कुमार पोख्रेल र शाखा प्रमुख निम बहादुर घर्तिमगर रहेका थिए ।

संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिदैआइरहेको छ । यस संस्थाबाट कर्जा लिई ब्यवसायमा समलग्न भई धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका क्षेत्रीय प्रमुख राज कुमार पोख्रेलले बताए ।  

बाख्रापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिमले सहयोग गर्ने कुरा वार्ड ६ का जनप्रतिनिधि वार्ड अध्यक्ष राजेन्द सिंहले जानकारी दिए । 
तालिममा सहभागीहरुले बोल्दै, ब्यवसायिक रुपमा उन्नत बाख्रापालन गरेमा राम्रो फाईदा लिन तालिमले सहयोग गर्ने बताए । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]