December 9th, 2018

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश वितरण गर्ने

बैंकिङ खबर । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले गत वर्षको कमाईबाट ४५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । संस्थाको मंसिर २२ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ३० करोड रुपैयाँको २५ प्रतिशत बोनश सेयर र २० प्रतिशत कर प्रयोजनका लागि सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो । जसअनुसार फरवार्ड कम्युनिटीले सात करोड ५० लाख ४१ हजार चार सय २५ रुपैयाँ बराबरको बोनस सेयर र छ करोड ३३ हजार एक सय ४० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई माइक्रोफाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । हाल ३० लाख एक लाख ६५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको फरवार्डको २५ प्रतिशत बोनस वितरणपछि ३७ करोड ५२ लाख ७ हजार १२५ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]