December 9th, 2018

सुर्खेतमा निर्धन उत्थान लघुवित्तद्धारा ब्यवसायिक कुखुरापालन तालिम सम्पन्न

बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफ्ना ३२ जना ग्राहक सदस्यहरुको सहभागितामा मंसिर १२ गतेदेखि १४ गतेसम्म सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा “ब्यवसायिक कुखुरापालन तालिम” सम्पन्न गरेको छ । तालिम प्रशिक्षकहरुमा भोज राज चपाइ, शाखा प्रमुख बाबुराम कँडेल, मिन बहादुर हमाल तथा राज कुमार पोख्र्रेल रहेका थिए ।

संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइ रहेको र संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको वीरेन्द्रनगर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख राज कुमार पोख्र्रेलले बताए ।

कुखुरापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाको शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेतका शाखा प्रमुख बाबुराम कँडेलले जानकारी दिए । 

तालिममा प्रशिक्षर्थिहरुले कुखुरापालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत कुखुरापालन भिन्नता, महत्व, आवश्यकता, वर्तमान स्थिति तथा ब्रोईलर एवम लेयर्स कुखुराको जातिय परिचय र ब्रोईलर पाल्नको कारण ,महत्व, कुखुरापालन विधि, खोरको महत्व, उन्नत वा सुरक्षित खोर निर्माण गर्न ठाउँको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, सोतरको महत्व एवम् सोतरको लागि प्रयोग गरिने वस्तुहरु, चल्ला ल्याउन पूर्व गर्न पर्ने तयारीहरु, गुणस्तरिय चल्लाको पहिचान, ब्रुडिङ्गको परिचय, ब्रुडिङ्ग हाउसमा चल्ला राख्दा चल्लाको छनौट, जाडो तथा गर्मीयाममा चल्ला ब्रुडिङ्ग गर्ने तरिका एवम ब्रुडिङ्ग हाउसमा उपयुक्त तापक्रमको महत्व र ब्रुडिङ्ग गर्दा ध्यान दिनु पर्ने कुराहरु, ब्रुडिङ्ग गर्दाको अवस्थामा एण्टिबायोटिक, भिटामिन तथा ईलेक्ट्रोलाईटको महत्व, चल्लाको आहार, उन्नत दानाको महत्व, किसिम र स्थानीय श्रोत साधनको प्रयोग गरी सन्तुलित दाना बनाउने तरिका, चल्लाको जात, उमेर अनुसार भूँई क्षेत्र, दानापानी, भाँडाकुँडाको आवश्यकता र शारिरिक तौलमा वृद्धि, रोगको परिचय, कुखुरामा रोग लाग्नाको कारणहरु, रोगी तथा निरोगी कुखुराको पहिचान गर्ने तरिका र रोगबाट बच्ने उपायका साथै कुखुरापालन ब्यवसायमा बायोसेक्युरिटीको महत्व बारे जानकारी लिएका छन् । 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]