December 9th, 2018

नाडेप लघुवित्तको छ लाख कित्ता हकप्रद खुल्यो

बैंकिङ खबर । नाडेप लघुवित्तले मंसिर ६ गतेसम्म कायम सेयरधनीहरुको लागि चुक्ता पूँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । पुष २९ गतेसम्म निष्काशन हुने हकप्रदको निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्न अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाइनेछ । साथै नविल इन्भेष्टमेन्ट बैंकिङ नारायणचौर नक्साल र संस्थाको केन्द्रिय तथा शाखा कार्यलयहरुबाट पनि आवेदन दिन पाइनेछ । 

संस्थाले सेयर निष्काशनका लागि गरेको क्रेडिट रेटिङ अनुसार इक्रा एनपि आईपिओ ग्रेड चार प्राप्त गरेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार यो रेटिङले औसत आधार रहेको जनाउँछ । 

संस्थाले एक सय रुपैयाँ अंकित दरमा १६ करोड रुपैयाँ बराबरका १६ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । जसपश्चात्, चुक्ता पुँजी ३२ करोड रुपैयाँ पुग्नेछ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]