December 6th, 2018

कालिका लघुवित्तको लाभांश प्रस्ताव

बैंकिङ खबर । कालिका लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर १९ गते बसेको संचालक समितिको १६२औँ बैठकले आर्थिक वर्ष २०७४।७५ को मुनाफाबाट आठ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । साथमा कर प्रयोजनका ०.४२ प्रतिशत नगद लाभांश समेत दिने भएको छ । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]