December 5th, 2018

स्वदेशी लघुवित्तद्धारा सरसफाई र वित्तीय जागरण कार्यक्रम सम्पन्न

बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्थाले गढि गाँउपालिका  १ मा मंसिर १८ गते सरसफाई, हात धुने कार्यक्रम र वित्तीय साक्षरताका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  मुस्लिम समुदाय बसोबास गर्ने उक्त गाउँमा स्थानिय यूवा, महिला,मदरसाका विद्यार्थि, शिक्षक, राजनीत्रममतिक कर्मि, स्थानिय सरकारका प्रतिनिधि र स्वदेशी लघुवित्तको कर्मचारी टिमको समेत सहभागिता रहेको थियो ।

वाडा नं. १ धनपुरी गाँउको पुच्छार बाट सुरु भएको सरसफाई कार्यक्रममा स्थानीयहरुको सक्रिय सहभागिता रहेको थियो । बाटोमा गाई बस्तु बाधनु हुदैन्, आफ्नो घर अगाडि आफै सफा गर्नु पर्छ भन्ने चेतना दिदै करिव २० बोरा फोहोर व्यबस्थापन गरिएको थियो । साथै,सरसफाई कार्यक्रममा मदरसामा पढने विद्यार्थिहरुलाई हात धुने विधि समेत सिकाएको थियो । 

सरसफाई कार्यक्रममा बोल्दै मदरसाको प्र.अ ले मुस्लीम समुदायमा आएर सरसफाई कार्यक्रम आयोजक प्रति धन्यवाद व्यक्त गर्दै आफ्नोे धर्ममा पनि सफाई र इमानको रुपमा रहेकाले सरसफाई अनिवार्य  गर्नुपर्ने र यसलाई निरन्तरता दिने बताए ।

सरसफाई कार्यक्रमको समापन्न लगतै महिला तथा अभिभावक सँग वित्तीय साक्षरताका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै वार्ड नं. १ का अध्यक्ष शंकर चौधरीले बैक तथा वित्तीय संस्था गाउँको विकास साथै वित्तीय जागरणको सम्बाहक हो । पैसाको सहि उपयोग र बैक तथा वित्तीय संस्था सगँको कारोवार नरोक्न र लिएको कर्जा सहि ठाउँमा लगानी गरि सदुपयोग  गर्न अनुरोध गरे ।  साथै, वित्तीय साक्षरता कार्यक्रमले सकारात्मक परिवर्तन लिएर आउने कुरा समेत व्यक्त गरे । 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]