December 4th, 2018

लघुवित्तहरुका लागि दीर्घकालीन विकासको बाटो : अर्थमन्त्रीको विश्लेषण

डा. युवराज खतिवडा । लघुवित्त वित्तीय संस्थाहरु कसरी अघि बढ्ने भन्ने कुरा विगतको अनुभवले पनि सिकाउँछ । त्यही विगतको अनुभवहरुलाई लिएर लघुवित्त वित्तीय संस्थाहरु अगाडी बढ्दै आएका छन् । त्यसकारण लघुवित्त वित्तीय संस्थाहरुले सफलता पनि हात पारेका छन् । यो सबैको लागि खुसिको कुरा हो । सबै उत्पादन शक्तिहरुको सहभागितामा सबै मानिसहरुलाई फाइदा हुने गरी दिर्घकालीन रुपमा गरिने विकास नै भोलीको विकास हो । सबै उत्पादन शक्तिहरुको सहभागिता त्यतिबेला हुन्छ जतिबेला सम्पुर्ण उत्पादनका साधनहरुमा सबैको कुनै न कुनै तवरबाट पहँुँच पुगेको हुन्छ ।  

वित्तीय पहुँच विस्तारमा लघुवित्त
हरेक कुरामा सबैको पहुँच उच्च रुपमा त पुर्याउन सम्भव हुँदैन । तर, कुनै न कुनै माध्यमबाट मानसिहरुको पहुँच पुर्योउन सकिन्छ । प्रविधिको उच्चतम प्रयोग, ठूलो पुँजीको प्रयोग लगायतमा सबैको पहुँच सम्भव हुँदैन । सानो सानो पुँजी भएपनि लघुवित्त वित्तीय संस्थाहरुले सबै मानिसहरुलाई वित्तीय सेवामा समेट्न सफल भएका छन् । जसकारण आज लघुवित्त वित्तीय संस्थाहरुप्रति भोका, नाङगा, गरिबीहरु आभारी छन् । लघुवित्त वित्तीय संस्थालाई सबैले रुचाएका छन् । त्यसकारण लघुवित्त वित्तीय संस्थाहरुले विश्वव्यापी रुपमा चलाएको अभियान सफल भएको छ । 

दीर्घकालीन विकासमा लघुवित्त 
उत्पादनकर्ताहरुले आफ्नो वस्तु तथा सेवाहरुको बारेमा आफैँ निर्णय गर्नुपर्दछ । वस्तु तथा सेवाहरु कसरी उत्पादन गर्ने ? कसरी खरिद विक्री गर्ने ? कहाँ कहाँ गर्ने ? भन्ने योजना आफैँले बनाउनुर्छ । अनि मात्र एउटा उत्पादक सफल व्यवसायी बन्न सक्छन् । उत्पादकहरुले वस्तु तथा सेवाहरु उत्पादन नगरी अरुले उत्पादन गरेको वस्तु तथा सेवाहरुमा आफ्नो अधिकार राख्ने, लाभ बाँड्ने जस्ता कुराहरु सबैको लागि सँधै फाइदाजनक नहुन सक्छ । त्यसकारण सबै वस्तु तथा सेवाहरुको उत्पादन दिर्घकालीन र आफुले निर्णय लिएर गरेको व्यवसाय नै राम्रो हुन सक्छ । दिर्घकालीन विकासका लागि लघुवित्तले सहयोग गरेको छ । 

जीवनस्तर सुधारमा लघुवित्त
लघुवित्त वित्तीय संस्थाहरुमा सहभागी भएपछि गरिब मानिसहरुको जीवन स्तरमा सुधार भएको छ । तर, मानिसहरुको आर्थिक अवस्था सुधार हुने वित्तिकै देशको अर्थतन्त्रमा सुधार आउने हुँदैन । देशको अर्थतन्त्रमा सुधार हुनको लागि सहज छैन, तर असम्भव पनि छैन । नेपालमा कुनै एउटा विपति आउने वित्तिकै मानिसहरु फेरि गरिब अवस्थामा नै फर्कन्छन् । उनीहरुलाई खान लाउनकै समस्या हुन थाल्छ । त्यसैली, नेपालीहरुलाई गरिबीबाट धेरै नै माथि उठाउनुपर्छ भने उनीहरु आफैँले पनि यो प्रयास गर्नुपर्छ । यसको लागि विभिन्न व्यवसाय तथा पेसाहरुमा समायोजन हुन जरुरी छ ।   

उद्यमी बन्ने अवसर लघुवित्त
लघुवित्त वित्तीय संस्थाहरुलाई लघुउद्यमी सेवाको रुपमा लिनुपर्दछ । बैंकसमक्ष पुग्न नसकी बैंकिङ सेवाबाटै बञ्चित भएका मानिसहरुलाई लघुवित्तले सेवा दिएर उद्यमी बनाएका थुप्रै उदाहरणहरु भेटिन्छन् । उद्यमशीलता विकासका साथै लघुवित्तले वित्तीय चेतना पनि प्रवाह गरेको छ । 

नेपालमा लघुवित्तले पनि समेट्न नसेकेका दुर्गम स्थानहरु अझै बाँकी छन् । यस्ता स्थानलाई जान बैंक तथा वित्तीय संस्थालाई प्रोत्साहन गर्नुपर्छ । सेवा विस्तार भइसकेका स्थानमा भन्दा सेवा नपुगेका ठाउँमा जाने संस्थालाई छुट्टै सुविधा दिएर प्रोत्साहन गर्नुपर्छ । अबको समय भनेको सुदृढिकरणको समय हो । अब बैंक तथा वित्तीय संस्थाहरु सबल बन्नुपर्छ । शाखा मात्रै नभएर सेवा पनि विस्तार गर्दै जानुपर्छ । 

लघुबीमाको आवश्यकता
लघुवित्त वित्तीय संस्थाहरुले लघुबीमा कार्यलाई पनि ध्यान दिनुपर्छ । गरेको व्यवसाय र कर्जाको सुरक्षाका लागि लघुबीमा अपरिहार्य छ । कर्जा लिएर गरेको व्यवसायबाट सँधै सफलता हात पार्न सकिन्छ भन्ने छैन । त्यसकारण लघुबीमा गर्नुपर्छ । (अर्थमन्त्री डा. खतिवडाद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा व्यक्त विचारमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]