एभरेष्ट इन्स्योरेन्सको १०५ प्रतिशत हकप्रद सेयर निष्काशन सुरु

December 2, 2018

बैंकिङ खबर । एभरेष्ट इन्स्योरेन्स कम्पनीले संस्थापक सेयरधनीका लागि १०५ प्रतिशत अर्थात १ः१.०५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । पुष २२ गतेसम्म निष्काशन खुला रहने सेयरमा कात्तिक २६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । एभरेष्ट इन्स्योरेन्सका शाखा कार्यालय, सिद्धार्थ क्यापिटल नक्साल र धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रदका लागि आवेदन दिन पाइनेछ । 

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा १४ करोड तीन लाख ३२ हजार पाँच सय रुपैयाँ बराबरको १४ लाख तीन हजार तीन सय २५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । जसपश्चात् कम्पनीको चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ । हकप्रद निष्कासनसँगै संस्थापक सेयरधनीको स्वामित्व ५१.२२ प्रतिशत र सर्वसाधारण तर्फ ४८.७८ प्रतिशत पुग्नेछ । 

कम्पनीले यस अघि ६०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने घोषणा गरेको भएपनि धितोपत्र बोर्डले सेयर संरचनामा सर्वसाधारण र संस्थापक दुबै हुनुपर्ने भन्दै रोकेको थियो । जसअनुसार, कम्पनीले पहिलो चरणमा संस्थापकका लागि र दोस्रो चरणमा ३०० प्रतिशत हकप्रद निष्काशन गर्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *