November 30th, 2018

६१ लघुवित्तको प्रथम त्रैमासिक विवरण : कुनको नाफा कति ?

बैंकिङ खबर । हाल नेपालमा ६९ लघुवित्त वित्तीय संस्थाहरु संचालनमा रहेका छन् । जसमध्ये, ६१ वटा लघुवित्तको आर्थिक बर्ष २०७५।०७६ को प्रथम त्रैमासिक विवरण यहाँ प्रस्तुत गरिएको छ । अधिकांश लघुवित्तले गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा नाफा बढाएको विवरण सार्वजनिक गरेका छन् । केही लघुवित्तहरु घाटामा पनि छन् ।  

छिमेक लघुवित्तको नाफा सबैभन्दा धेरै
चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ६१ वटा लघुवित्त मध्ये १८ वटा लघुविवत्तको नाफा करोडमा छ भने तीन वटाको नाफा १० करोड नाघेको छ । संस्थाले तीन महिनाको अवधिमा १५ करोड ६१ लाख ६२ हजार मुनाफा आर्जन गरेको हो । छिमेकसँगको प्रतिष्पर्धामा निर्धन उत्थान लघुवित्त रहेको छ, जसले १५ करोड सात लाख ८३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । त्यस्तै, साना किसान लघुवित्त वित्तीय संस्थाले १२ करोड २४ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

१३ वटा लघुवित्त वित्तीय संथा घाटामा 
चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार १३ वटा लघुवित्त वित्तीय संस्था घाटामा गएका छन् । सबैभन्दा धेरै घाटामा रामारोसन लघुवित्त वित्तीय संस्था रहेको छ । यो संस्था ४३ लाख २८ हजार घाटामा रहेको छ । यद्यपि, संस्थाले गत बर्षको सोहि अवधिको तुलनमा घाटा न्यूनीकरण गरेको हो । गत बर्षको सोहि अवधिमा संस्था ५० लाख ३१ हजारले घाटामा रहेको थियो । घाटामा रहेका अन्य लघुवित्त वित्तीय संस्थाहरुमा क्रमशः स्पर्श लघुवित्त वित्तीय संस्था, नागरिक लघुवित्त वित्तीय संस्था, सत्यवति लघुवित्त वित्तीय संस्था, नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था, मनकामना लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, आर्थिक सम्बृद्धि लघुवित्त वित्तीय संस्था, त्रिलोक लघुवित्त वित्तीय संस्था, क्रियटिभ लघुवित्त वित्तीय संस्था, आरम्भ माइक्रोफानान्स वित्तीय संस्था र घोडिघोडा लघुवित्त वित्तीय संस्था रहेका छन् । घाटामा रहेकामध्ये अधिकांस गत आर्थिक बर्षबाट मात्र कारोबार सुरु गरेका संस्था रहेका छन् ।

सात वटा लघुवित्तको मुनाफामा गिरावट 
सात वटा लघुवित्त वित्तीय संस्थाको मुनाफमा गिरावट आएको छ । सबैभन्दा धेरै एनएमबि माइक्रोफाइनान्सको मुनाफामा गिरावट आएको छ । संस्थाले गत आर्थिक बर्षको प्रथम त्रैमासमा ८८ लाख ५४ हजार मुनाफा आर्जन गरेकोमा चालु आर्थिक बर्षको प्रथम त्रैमासमा १० लाख १७ हजार मात्र मुनाफा अर्जन गरेको छ । मुनाफ घट्ने अन्य संस्थाहरुमा क्रमशः नेपाल सेवा लघुवित्त वित्तीय संस्था,फस्र्ट माइक्रोफाइनान्स वित्तीय संस्था, क्रिएटिभ लघुवित्त वित्तीय संस्था, स्पर्श लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था र घोडिघोडा लघुवित्त वित्तीय संस्था रहेका छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]