November 28th, 2018

तीन वाणिज्य बैंकमा ठूलो संख्यामा रोजगारीको अवसर

बैंकिङ खबर । तीन वटा वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी मागेका छन् । एनआईसी एशिया बैंक, मेगा बैंक र नेपाल बंगलादेश बैंकले विभिन्न पदका लागि कर्मचारी मागेका हुन् । 

एनआईसी एशिया बैंक 
एनआईसी एशिया बैंकले ७ वटा पदको लागि २०० भन्दा धेरै कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका नागरिकलाई मंसिर २६ गतेभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । 

बैंकले ५० जना शाखा प्रबन्धक माग गरेको छ । शाखा प्रबन्धकको लागि व्यवस्थापन संकायमा कम्तिमा स्नातक साथै स्नातकोत्तर गरिकोलाई प्राथमिकता दिने बैंकले जनाएको छ । बैंकको अफिसर तहमा रहेर कम्तिमा ५ वर्षको कार्यानुभव हुनु पर्नेछ । 

रिलेसनसिप म्यानेजरको लागि बैंकले १०० जना कर्मचारी माग गरेको छ । यसका लागि पनि कम्तिमा स्नातक गरेको हुनु पर्नेछ भने बरिष्ठ सहायक पदमा कम्तिमा पनि तीन वर्षको काम गरेको अनुभव हुनु पर्छ वा सुपरभाइजर वा सहायक पदमा ५ वर्षको कार्यानुभव भएकाले पनि आवदेन दिन सक्ने बैंकले जनाएको छ । 

सर्भिस म्यानेजर पदको लागि बैंकले ५० जना कर्मचारी माग गरेको छ। यसको लागि कम्तिमा स्नातक गरि सम्बन्धित पदमा रहेर कम्तिमा तीन वर्षको कार्यानुभव हुनु पर्नेछ । १८ देखि ४० वर्ष उमेर समुहकाले यस पदको लागि आवदेन दिन सक्नेछन् ।   

बैंकले इन्टर्नल अडिट डिपार्टमेन्टमा, अफिसर सर्भिस एक्सिलेन्स, इन्टेलिजेन्स पदकालागि केहि संख्यामा कर्मचारी माग गरेको छ । यसका लागि कम्तिमा स्नातक गरि ५ वर्षको कार्यानुभव हुनु पर्नेछ । २१ देखि ४० वर्ष उमेर समुहकाले यस पदको लागि आवदेन दिन सक्ने छन् । 

डाटा साइन्टिस्ट तथा विजनेस इन्टेलिजेन्स पदका लागि केहि संख्यामा कर्मचारी माग गरिएको छ। यसका लागि कम्तिमा आइटीमा स्नातक गरेको हुनु पर्नेछ भने कम्तिमा तीन वर्षको कार्यानुभव हुनु पर्नेछ । १८ देखि ४० वर्ष उमेर समुहकाले यस पदका लागि आवेदन दिन सक्नेछन् । 

मेगा बैंक
मेगा बैंकले म्यानेजर पदका लागि ९ जना, अफिसर पदका लागि २७ जना, सहायक पदको लागि ८२ जना कर्मचारी माग गरेको छ । इच्छुक आवेदकले मंसिर २६ गतेसम्म बैंकको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् । 

नेपाल बंगलादेश बैंक 
नेपाल बंगलादेश बैंकले नयाँ सञ्चालन हुन लागेका ७ वटा शाखा कार्यलयको कर्मचारी माग गरेको छ। बैंकले नयाँ शाखा कार्यलयको लागि केहि ब्रान्च म्यानेजर, केहि ब्रान्च अप्रेसन इन्चार्ज र केहि जुनियर सहायक माग गरेको हो। इच्छुक आवेदकले मंसिर २७ गतेसम्ममा आवदेन दिन सक्ने छन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]