Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

नेपाल पुनर्बीमा कम्पनी र प्राइम लाइफ इन्स्योरेन्सकबीच पुनर्बीमा सम्झौता

२०७५ मंसिर ११ गते

बैंकिङ खबर । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच नेपाल सरकारले चालु आ.व.२०७५/०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ ।

सोमबार आयोजित एक कार्यक्रमका बीच नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईलेसो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त व्यवस्थाले चालु आ.व.को आरम्भदेखि नै पुनर्बीमा हुने र यसबाट दुवै कम्पनी लाभदायी हुने देखिन्छ ।