Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

ग्लोबल आईएमई लघुवित्तको बोनस र हकप्रद सेयर पारित

२०७५ कार्तिक ३० गते

बैंकिङ खबर । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । लघुवित्तको छैठौँ वार्षिक साधारणसभाले हाल कायम चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने एक करोड ४४ लाख सात हजार रुपैयाँ बराबरको बोनस सेयर र सो सेयरको कर प्रयोजनार्थ सात लाख ५८ हजार दुई सय ८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथमा एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । 

हाल ४५ जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा दिइरहेको लघुवित्तले कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरमा जाने प्रस्ताव पनि पारित गरेको छ । अहिले ग्लोबल आईएमई लघुवित्तले २५ जिल्लामा ४० वटा शाखाहरु स्थापना गरी सेवा दिइरहेको छ । शाखा विस्तार कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिँदै जाने कम्पनीको योजना छ । चालू आर्थिक वर्षभित्रमा ५० जिल्लामा कार्यक्षेत्र विस्तार गरी ७० वटा शाखा स्थापना गर्ने लक्ष्य कम्पनीले लिएको छ ।  

त्यस्तै, संस्थाले एक वा एक भन्दा वढी उपयुक्त लघु वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने  प्रयोजनका लागि उपयुक्त लघु वित्तीय संस्थाहरु पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने सोका आधारमा सैद्धान्तिक स्वीकृतीका लागि नेपाल राष्ट्र बैक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वहरुको मूल्याँकन गर्न परामर्शदाता, मूल्याँकनकर्ता नियूक्ति गर्ने लगायतका आवश्यक कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि साधारणसभामार्फत पारित गरेको छ । 

हाल यस लघुवित्तको चुक्तापुँजी नौ करोड ६्र० लाख ५० हजार रुपैयाँ रहेको छ भने जगेडाकोषमा एक करोड ५४ लाख ४१ हजार आठ सय ८१ रुपैयाँ रहेको छ । 

Ad