बैंकिङ खबर । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले २०७५ कार्तिक २८ र २९ गते दुई दिने “कृषि तालिम” दिएको छ । संस्थाको हटिया शाखाद्वारा आयोजित उक्त तालिमका प्रशिक्षक वकिल बहादुर गुर्धामीले मकवानपुर जिल्लाको पूर्वी क्षेत्रका सदस्य तथा स्थानीयहरुलाई प्रशिक्षण दिए ।
तालिममा उक्त क्षेत्रका ३६ जना स्थानीयले आधुनिक खेती तथा कृषि सम्बन्धी ज्ञान हासिल गरी लाभान्वित भएका छन् । तालिम कार्यक्रममा उक्त शाखा कार्यालयका प्रमुुख लक्ष्मी बास्तोलाले तालिमको महत्व बारे प्रकाश पारे ।
देशका विभिन्न ३२ वटा जिल्लामा ४० वटा शाखा कार्यालयहरु सञ्चालनमा रहेको वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजत पत्र संस्था हो । संस्थाले ग्रामिण भेगमा रहेको न्यून आय भएका विशेष गरि कृषकहरुलाई समूहमा आवद्ध गराई बिना धितो कर्जा लगानी गरि लघुवित्त कार्यक्रम संचालन गर्दै आएको छ । वित्तीय संस्थाले आफ्नो कार्य क्षेत्र भित्रका स्थानियहरुकोे माग बमोजिमको शिप मुलक तथा व्यवसाय मुखि तालिमहरु प्रदान गर्दै आएको छ ।