लक्ष्मी लघुवित्तको संचालक समितिको अध्यक्षमा जिवन प्रकाश लिम्बु चयन

November 14, 2018

बैंकिङ खबर । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष पदमा जिवन प्रकाश लिम्बु (थेवे) चयन भएका छन् । लघुवित्तको सञ्चालक समितिका अध्यक्ष अजय विक्रम शाह (लक्ष्मी बैंकबाट प्रतिनिधित्व गरेका) लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त हुनु भएकाले उनी सञ्चालक समितिको पदमा बहाल रहन नमिल्ने नीतिगत ब्यवस्था बमोजिम रिक्त रहेको अध्यक्ष पदमा लिम्बुलाई चयन गरिएको हो । 

लघुवित्तको सञ्चालक समितिको कार्तिक २७ गते बसेको १०० औँ बैठकले सञ्चालक लिम्बुलाई अध्यक्ष चयन गरेको हो । नब नियुक्त अध्यक्ष जिवन प्रकाश लिम्बु (थेवे) ले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण समेत गरेका छन् । 

त्यस्तै गरी लक्ष्मी बैंकबाट प्रतिनिधित्व हुने गरी अजय विक्रम शाहको बदलामा अमित शर्मा र चाँदनी झाँको बदलामा अनिता उपाध्यायलाई लक्ष्मी बैंकले सञ्चालक समितिमा मनोनयन पनि गरेको छ ।

लक्ष्मी लघुवित्त लक्ष्मी बैंक लि.को सहायक कम्पनी हो । २०७५ असोज मसान्त सम्म नेपालको ४७ जिल्लाहरुमा ६२ वटा शाखा कार्यालयहरु मार्फत ७१ हजार ६ सय ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्याएको छ । त्यस्तै गरी २ अर्ब ९८ करोड कर्जा लगानी गरेको छ भने आफ्नो ग्राहक सदस्यहरुबाट १ अर्व १ करोड बचत संकलन पनि गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *