November 13th, 2018

वोमी माइक्रोफाइनान्सको समिक्षा तथा रणनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न

बैंकिङ खबर । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले ४० वटा शाखा कार्यालयहरुका शाखा प्रमुख तथा व्यवस्थापन तहका कर्मचारीहरु सम्मिलित ‘समिक्षा तथा रणनीतिक योजना तर्जुमा गोष्ठी’ कार्यक्रम सम्पन्न गरेको छ । कात्तिक १८ गतेदेखि १९ गतेसम्म दुई दिन संचालित गोष्ठी कार्यक्रममा चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अवधि सम्मको उपलब्धिको समिक्षा तथा आगामी अवधिमा बजेट तथा रणनीतिक योजना सम्बन्धमा शाखागत रुपमा प्रस्तुतिकरण सहित छलफल गरिएको थियो । 

समिक्षा तथा रणनीतिक योजना तर्जुमा गोष्ठी कार्यक्रम सञ्चालक समितिकी अध्यक्ष बिन्दीया प्रधानज्यूले उद्घाटन गर्दै लक्ष्य अनुरुपको उपलब्धि हासिल गर्न शुभकामना तथा लघुवित्त कार्यक्रमको प्रभावकारी व्यवस्थापन गर्न मार्गदर्शन दिए ।

समापनमा प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यले शाखा स्तरीय प्रस्तुतिकरणमा लिइएका लक्ष्य प्राप्तीका लागि आगामी अवधिका लागि तय गरिएका नीति तथा कार्यक्रमलाई शाखागत रुपमा भिन्न भिन्न रणनीति बनाउन सुझाव दिए ।

गोष्ठी कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष लगायत अन्य सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा ब्यवस्थापन समुहका अन्य अधिकृत कर्मचारीहरुको समेत उपस्थिति थियो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]