fbpx

गणपति माईक्रोफाइनान्सको प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन 

November 4, 2018

बैंकिङ खबर । गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक दिने आ.ब. २०७५/०७६ को प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । होटल डे ब्रेक, वेगनास, पोखरामा यहि कात्र्तिक १७ गते शनिबार भएको कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृतले संस्थाको यस आ.ब.को प्रथम त्रैयमासको लक्ष्य तथा प्रगति विवरणको अवस्था, हालका अवसरहरु, चुनौती तथा लक्ष्य प्राप्त गर्नका लागि संस्थागत भावी रणनीती बारे जानकारी गराए । साथै सम्पुर्ण शाखा प्रबन्धकले आ–आफनो शाखा कार्यालयको लक्ष्य प्रगती लगायतका सम्पुर्ण सुचकहरुमा समिक्षा गर्दै आगामी दिनहरुमा निर्धारित लक्ष प्राप्त गर्न तथा देखिएका समस्या तथा चुनौतीहरु लाई क्रमश सुधार गर्दै लैजाने प्रतिबद्धताका साथ प्रथम त्रैमासिक समिक्षा गोष्ठी सम्पन भएको थियो ।

तनहुँ को दुलेगौंडामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले २०७५ आश्विन मसान्त सम्मा १३ जिल्लाका २२ वटा शाखा कार्यालयहरु मार्फत ११,४०२ घर परिवारमा वित्तीय सेवा पुर्याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ६३ करोड ५ लाख २२ हजार रहेको छ । साथै वित्तीय संस्थाले हाल सम्म रु १५ करोड ३७ लाख बचत संकलन गरी खुद नाफा ४९ लाख ३९ हजार गरेको छ ।

१७ गते शनिबार संस्थाका प्रमुख कार्यकारी अधिकृतको समिक्षात्मक मन्तव्यसँगै कार्यक्रम समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.