fbpx

निर्धन उत्थान लघुवित्तद्धारा चितवनको बैरियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

October 31, 2018

बैंकिङ खबर । देशभरिका ७ वटै प्रदेशका ७७ वटै जिल्लाहरुमा १८१ वटा शाखा सञ्जालमार्फत लघुुवित्त सेवा प्रदान गरी रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चितवनको खैरहनी नगरपालिका वडा नं. १३ बैरियामा १ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । लघुवित्तले आफ्नो २०औं स्थापना दिवसको अवसर पारेर मंगलबार आयोजना गरेको स्वास्थ्य कार्यक्रममा हर्नरी महिला समाज, हर्नरी र बैरिया महिला समाज, बैरियाका ग्राहक सदस्यहरु तथा अभिभावकहरु गरी ४० जना र स्थानीय बासिन्दाहरु २० जना गरी कूल ६० जना प्रत्यक्ष लाभान्वित भएका थिए । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिभिटेड टाँडी शाखाको आयोजना सम्पन्न भएको उतm निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा चितवन जिल्ला टाँडी स्थित क्षितिज डेन्टल केयर र मुतिmनाथ चश्मा पसल टाँडीको प्राविधिक सहयोग रहेको थियो । उतm स्वास्थ्य शिविरमा दन्त रोग सेवा र आँखा परीक्षण सेवा प्रदान गरिएको थियो । 

सो अवसरमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय टाँडीका शाखा प्रमुख ज्योति राज रेग्मीले देशैभरिका सातै प्रदेशमा ७७ वटै जिल्लाहरुमा १८१ वटा शाखा सञ्जालमार्फत लघुवित्त सेवा प्रदान गरी रहेको यस संस्थाको २०७५ भाद्र मसान्तसम्ममा ग्राहक सदस्य ३ लाख २० हजार ८ सय ३१ भएको, लगानीमा रहेको कर्जा रु. १५ अरब ४९ करोड ९४ लाख रहेको र बचत रु. ८ अरब ७० करोड १७ लाख रहेको जानकारी गराए । साथै संस्थाको स्थापना दिवसको उपलक्ष्यमा आयोजित उतm निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न प्राविधिक सहयोग गर्नु हुने चितवन जिल्ला टाँडी बकुल्हर स्थित क्षितिज डेन्टल केयर र मुतिmनाथ चश्मा पसललाई शाखा प्रमुख रेग्मीले धन्यवाद ज्ञापन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.