October 31st, 2018

लक्ष्मी लघुवित्तको आ.ब. २०७५/७६ को प्रथम त्रैमासको समीक्षा गोष्ठी धनगढीमा शुरु  

बैंकिङ खबर । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले प्रदेश नं ७, ६ र ५ (दाङ्ग, प्युठान र पुर्वी रुकुम जिल्ला) मा अवस्थित शाखाका शाखा प्रमुखहरुको उपस्थितिमा आ.ब. २०७५/७६ को प्रथम त्रयमासको समीक्षा गोष्ठी शुभारम्भ गरेको छ । कञ्चनपुरको धनगढीमा सुरु भएको गोष्ठीको समुद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले गरे ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृतले संस्थाको यस आ.ब.को प्रमथ त्रैयमासको लक्ष्य तथा प्रगति विवरणको अवस्था, हालका अवसरहरु, चुनौती तथा लक्ष्य प्राप्त गर्नको लागि संस्थागत भावी रणनीतिको बारेमा अवगत गराए ।

कार्यक्रममा केन्द्रीय कार्यालयबाट प्रमुख कार्यकारी अधिकृत, सहायक महाप्रबन्धक, कर्जा विभाग प्रमुख, सञ्चालन जोखिम बिभाग प्रमुख गरी ४ जना र २२ जना शाखा प्रमुख गरी कूल २६ जनाको उपस्थिति रहेको छ ।

कार्यक्रममा शाखा प्रमुखहरुले आ आफ्नो शाखा कार्यालयको पहिलो त्रयमासको लक्ष्य तथा प्रगति, अवसर, चुनौतीहरु तथा भावी रणनीतिको बारेमा प्रस्तुतिकरण गरे ।

काठमाडौंको महाराजगञ्जमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले, लक्ष्मी बैँकको सहायक कम्पनीको रुपमा स्थापित राष्ट्रियस्तरको “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा आफ्नो कारोबार संचालन गर्दै आएको छ । यस वित्तीय संस्थाले २०७५ आश्विन मसान्त  सम्ममा ४७ वटा जिल्लाहरुमा ६२ वटा शाखा कार्यालयहरु मार्फत आफ्नो कारोबार संजाल बिस्तार गरि ग्रामीण, पिछडिएको, बैकिङ्ग पहुँचबाट टाढा रहेका ग्राहक वर्गहरुलाई लक्षित गर्दै ७१,६३२ ग्राहक वर्गलाई लघुवित्त कार्यक्रममा समेटेको छ । धितो तथा विना धितो गरी संस्थाको लगानीमा रहीरहेको कर्जा कूल रु.२ अर्ब ९८ करोड रहेको छ । संस्थाले आफ्नो सदस्यहरुबाट रु. १ अर्ब १  करोड बचत संकलन गरेको छ । संस्थाले बचत र कर्जा बाहेक लघुबीमा, विप्रेषण, आधुनिक मोबाईल बैँकिङ्ग सेवा र शाखा रहित बैँकिङ्ग कारोबार संचालन गर्दै आइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]