October 30th, 2018

चौतारी लघुवित्तको बिशेष साधारण सभा सम्पन्न

बैंकिङ खबर । चौतारीे लघुवित्त वित्तीय संस्था लिमिटेडको बिशेष साधारणसभा मंगलबार सम्पन्न भएको छ । उक्त सभाले वित्तीय संस्थाको जाँरी पुँजी १८ करोडबाट १८ करोड ६० लाख पुर्याउने, वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६(ख),(घ) र(ङ)संशोधन गर्ने र वित्तीय संस्थाको प्रबन्धपत्रमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्टारको कार्यालय लगायतका नियमनकारी निकायबाट स्वीकृत गराउने क्रममा थपघट गर्न, सच्याउन वा फेरबदल गर्नुपर्ने भएमा यो कार्यका लागिसञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धी प्रस्ताव सर्बसम्मतवाट पारीत गरेको छ ।

कार्यक्रममा वित्तीय संस्थाका अध्यक्ष जगत बहादुर पोख्रेलले बिशेष साधारण सभाको एजेन्डा पढेर सुनाएका थिए भने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव लक्ष्मण घिमीरले कार्यक्रम संञ्चालन तथा वित्तीय संस्थाको प्रगती विवरणको बारेमा जानकारी गराएका थिए । 
 
सभामा संस्थापक वरिष्ठ इन्जिनियर तथा लुम्बीनी इन्जिनियरिङ कलेजका प्रिन्सिपल लेखानाथ पाण्डे, संस्थापक अक्सफोर्ड कलेजका प्रिन्सिपल मनोज मरासीनी, जनउत्थान लघुवित्तका सीईओ श्रीराम पोख्रेल, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सीईओ प्रकाश पौडल र संस्थापक सदस्य तथा वुटवल मिडीया प्रालीका प्रबन्धक सञ्चालक बालकृष्ण चापागाईँ र संस्थापक तथा बुद्धिजिबी तेजेन्द्र के.सीले वित्तीय संस्थाले छोटो समयमा राम्रो प्रगती गरेको उल्लेख गर्दै आगामी दिनमा पनि यसरी नै प्रगती गर्दै जाओस भनि शुभकामना दिए । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]