October 24th, 2018

सरकारी बैंकमा रोजगारीको अवसर : नेपाल बैंकले माग्यो १० जना कर्मचारी

बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले करार सेवामा विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले आठौँ तहका लागि प्रवन्धक चाटर्ड एकाउन्टेन्ट ३ जना माग गरेको छ । साथै, सातौँ पदका लागि उप प्रवन्धक चाटर्ड एकाउन्टेन्ट ७ जनाको संख्यामा कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका ईच्छुक व्यक्तिहरुले यो सुचना गोरखापत्र दैनिकमा प्रथम पटक प्रकाशित भएको मितिले २१ दिन भित्र दरखास्त दिईसक्नुपर्ने छ । दरखास्त फाराम बैंकको प्रधान कार्यालय वा ईमेल ठेगाना बाट प्राप्त गर्ने सक्ने बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]