fbpx

स्वाभिमान माइक्रोफाइनान्सको एक लाख ८० हजार कित्ता आईपिओ पारित

October 22, 2018

बैंकिङ खबर । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वसाधारणका लागि ३० प्रतिशत आईपिओ निष्काशन गर्ने भएको छ । संस्थाको सोमबार (कात्तिक ५ गते) सम्पन्न दोस्रो वार्षिक साधारणसभाले आईपिओ निष्काशन सम्बन्धी संचालक समितिको प्रस्ताव पारित गरेको छ ।

स्वाभिमानले एक करोड ८० लाख रुपैयाँ बराबरको एक लाख ८० हजार कित्ता सेयर जारी गर्नेछ । जसपश्चात् कम्पनीको चुक्तापुँजी छ करोड रुपैयाँ पुग्नेछ । 

१९ वटा शाखा कार्यालय रहेको स्वाभिमान लघुवित्तको केन्द्रीय कार्यालय रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको छ । चालू आर्थिक वर्षमा थप सात शाखा विस्तार गर्ने कम्पनीको योजना छ । 

कैलाश विकास बैंकद्धारा प्रवद्र्धित यस संस्थामा प्रतिष्ठित उद्योगी, व्यवसायी, बैंकर तथा चार्टर्ड एकाउन्टेन्टहरुको लगानी रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.