October 16th, 2018

गरीब वर्गको जीवनमा आमुल परिवर्तन ल्याउँदै लघुवित्त

चिन्तामणी शिवाकोटी । २५ बर्ष पुरा गर्दै लघुवित्त वित्तीय संस्थाहरु यो स्थानसम्म आइपुग्दा गरिबी न्युनीकरणमा धेरै ठुलो सहयोग पुर्याएका छन् । लघुवित्तबाट हजारौँ भोका व्यक्तिहरुको जिवीकोपार्जन भएको छ । त्यतिमात्र नभएर लघुवित्तबाट मानिसहरुले कर्जा लिएर व्यवसायमा राम्रो आयआर्जन गरी देशको अर्थतन्त्र नै मजबुत भएको छ । लघुवित्तको सहायताले गरिब तथा विपन्न मानिसहरुको जीवनमा आमुल परिवर्तन ल्याएकोे छ ।

पछिल्लो समय नेपालमा बैंक तथा वित्तीय संस्थाहरु मुलुकको आवश्यकताभन्दा बढि भएको महशुस नेपाल राष्ट्र बैंकले अवलोकन गरी ‘क’ ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाहरुको लाईसेन्स बन्द गरेको छ ।  यी ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरमा जान प्रोत्साहन गरेको छ । 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षदेखि लघुवित्त वित्तीय कारोबार गर्न निवेदन दिएकालाई लाईसेन्स दिने भनेको छ भने नयाँ लघुवित्तको लागि लाईसेन्स बन्द गरेको छ । हाल राष्ट्र बैंकबाट लाईसेन्स लिएका ६९ वटा लघुवित्त वित्तीय संस्थाहरुले लाईसेन्स लिएर गाउँ गाउँमा आफ्नो सेवा विस्तार गर्दै आएका छन् । १२।१३ वटा संस्था लाइसेन्स लिने क्रममा छन् भने २।३ वटा संस्थाहरुले अन्तिम स्वीकृत पनि लगिसकेका छन् । अन्तिम स्वीकृत लिएका २।३ वटा लघुवित्त संस्थाले तिहार अगाडी नै कार्य गर्न थाल्नेछन् । अरु बाकि संस्थाले लाइसेन्सका कदमहरुलाई अगाडी बढाइरहेका छन् । ती संस्थाहरुले आगामी २।३ महिनामा लाईसेन्स लिइसक्नेछन् । आगामी एक वर्षभित्रमा लघुवित्तहरुको संख्या ११५।११६ को हाराहारीमा पुग्ने छ । यति धेरै लघुवित्त वित्तीय संस्थाहरु नेपालमा निश्चित रुपमा चल्न नसक्ने भएको कारणले गर्दा हामीले यस आर्थिक वर्षको मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाहरुलाई पनि मर्जरमा जानलाई प्रोत्साहन गर्ने कुरा उल्लेख गरेका छौँ । 

यसबाहेक, २३ वटा गैरसरकारी संस्थाहरु लघुवित्तले जस्तै कारोबार गर्दै आएका छन् । यस्ता गैरसरकारी संस्थाहरुलाई ‘घ’वर्गको इजाजत दिएर ग्रामीण भेगमा सेवा विस्तार गर्न नेपाल राष्ट्र बैंककले लाईसेन्स दिने व्यवस्था गरेको छ । तर, अझै पनि यो कार्य सफल हुन सकेको छैन हामी यस्का लागि निरन्तर लागि परिरहेका छौ । यी संस्थाहरुले गरेको लगानी र कामलाई मान्यता दिएर लाईसेन्स दिएका छौँ । नेपाल सरकारको कम्पनी रजिष्ट्रारको कार्यालयले दिएको समय सिमा मिनीमेस गरिसक्नुपर्ने समय सिमा आउने मङसिरमा समाप्त हुनेछ । त्यसपछि यसको समय सिमा बढाउनुपर्छ भने हामीले पत्रचार गरिसकेका छाँ  ।  
साथै लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जरका लागि राष्ट्र बैंककले आन्तरिक पहललाई अगाडी बढाएको छ । त्यसकारण लघुवित्त वित्तीय संस्थाहरु सजग भएर काम गनुपर्ने अवस्था आएको छ । लघुवित्त वित्तीय संस्था फस्टाएको मात्रै हैन धेरै चुनौतीहरु पनि रहेको छ । 

पछिल्लो समयमा डिजिटल फाइनान्ससियल सेवालाई प्रोमोट गर्न लागेका छौँ । लघुवित्त संस्थाहरुले पनि सर्टेन आवश्यक्ताहरु पुरा गर्दै आए भने हामीले लघुवित्त वित्तीय संस्थाहरुलाई पनि डिजिटलमा लैजान ढोका खुल्ला गर्नेछौ । साथै लघुवित्त वित्तीय संस्थाहरुलाई रेमिट्यान्स कारोबारमा पनि सब एजेन्टको रुपमा काम गर्ने पनि राष्ट्र बैंकले दिएकै छ ।

लघुवित्त वित्तीय संस्थाहरुमा सुशाशनको अवस्था पनि केही सुधार गर्नुपर्ने देखिन्छ । कतिपय अवस्थामा नजानेर गल्ती हुन्छ, कतिपय अवस्थामा कमजोर असक्षम कर्मचारीहरुबाट पनि हुने गर्दछ भने कतिपय अवस्थामा राष्ट्र बैंकको नीति तथा निर्देशनहरुमा ध्यान नराख्दा पनि हुने गर्दछ । यद्यपी, संस्थामा सुशासन कायम राख्नको लागि, वित्तीय स्थायित्व राख्नका लागि र लघुवित्तमा विकृतीहरु नआओस भनेर हामीले नीति तथा नियमहरु बनाएका छौ ती नीीत तथा नियमहरुलाई पालना नगरेको खण्डमा हामीले एक चोटी माफी र केही कारबाही समेत गर्ने छौँ । 

जतिसुकै राम्रो काम गरको संस्थामा पनि केही न केही कमजोरी त हुने गर्दछ । सानो सानो गल्तीलाई अस्वभाविक ठान्नु पनि हुँदैन । तर, धेरै पटकसम्म त्यही गल्ती हुन्छ भने त्यहाँ सोच्नुपर्ने अवस्था पनि आउँछ । पछल्लो समयमा लघुवित्तमा गम्भीर समस्या आउने गरेका छन् । यो समस्या आउनुमा लघुवित्त वित्तीय संस्थाहरुले राष्ट्र बैंकका नीति तथा नियमहरुमा ख्याल नगर्नु हो जस्तो लाग्छ । त्यसकारण सबैभन्दा पहिला आफूले आफैँलाई रेगुलेशन, राष्ट्र बैंकका नीति तथा नियम लगायत मुलुकको प्रचलित ऐनलाई पालना गर्दै आए छवी भएको लघुवित्त क्षेत्रको उत्कृष्ट विकास हुन सक्छ ।  

लघुवित्त वित्तयि संस्थाको नामाकरणमा समस्या भएको कारण हामीले लघुवित्तको नामाकरण लघुवित्त वित्तीय संस्था भनेका छौ । अझै पनि समस्या हटेको छैन् । त्यसकारण लघुवित्त वित्तीय संस्थाहरुले धेरै कुराहरु सोचेर कामलाई अगाडी बढाउँदै आए भने पक्कै हाम्रो अर्थतन्त्र मजबुद हुने कुरामा दुईमत छैन । (नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवाकोटीले लघुवित्त बैंकर्स संघद्धारा आयोजित कार्याक्रममा व्यक्त विचारमा आधारित)


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]