fbpx

फस्र्ट माइक्रोफाइनान्सको संचालक समिति अध्यक्षद्धारा सपथ ग्रहण

October 15, 2018

बैंकिङ खबर । फस्र्ट माइक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाको संचालक समितिको अध्यक्षमा सुरेन्द्रराज रेग्मी चयन भएका  छन् । संस्थाको साधारणसभाले संस्थापक सेयरधनीहरुको समूहको तर्फबाट निर्विरोध निर्वाचित गरेको तीन जना संचालकहरुमध्येबाट संचालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष पदमा चयन गरेको हो । 

संचालक पदमा संस्थापक सेयरधनीहरु सुरेन्द्रराज रेग्मी (प्रतिनीधि ग्लोबल आइएमई बैक), विवेकमान सिंह शाक्य (प्रतिनीधि देवः विकास बैक) र उमेश कटुवाल निर्वाचित भएका थिए । साधारणसभाकै दिन बसेको संचालक समितिको बैठकले अध्यक्ष पदमा रेग्मीलाई सर्बसहमतिबाट चयन गरेको हो ।

सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सुरेन्द्र राज रेग्मीले नेपाल राष्ट्र बैंक, बैक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलबाट सपथ ग्रहण पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× Success! This alert box could indicate a successful or positive action.