बैंकिङ खबर । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको बेलवारी शाखामा कार्यरत कर्मचारीले मोरङ्ग स्थित सुन्दर हरैचा—७ कामत टोलका कुशलाल र जासो चौधरी परिवारलाई सहयोग गरेको छ ।
यी पाँच सन्तान छन ति पाँच सन्तानमध्ये चार जना अपाङ्ग रहेका छन् । तिनीहरुलाई रेखदेख गर्न एकजना काम नगरि पालैपालो घरमा बस्नुपर्ने बाध्यता छ भने एक जना खानाको बन्दोबस्ती गर्नको लागि खोलामा काम गर्न जाने गरेका छन् ।
बडाँ दशैं नजिकिदै गरेको भएपनि ति गरिब तथा अपाङ्ग बच्चाको कारण बिहान बेलुकाको छाक टार्न समेत धौ धौ परिरहेको अबस्थामा स्वदेशी लघुवित्तका कर्मचारीले आफ्नो दशै खर्च कटौती गरि आउँदै गरेको बडा दशै ति परिवारले पनि हर्षउल्लासले मनाउन भन्ने उद्देश्यले चिउरा, भुजा, भुजिया, चाउचाउ, विस्कुट, स्प्राईट, कोकोकोला, जुस र केही नगद रकम त्यस क्षेत्रका अनुगमन अधिकृतको सहयोगमा ति चौधरी दम्पत्ती परिवार लाई सहयोग स्वरुप हस्तान्तरण गरेका हुन् ।
स्वदेशी लघुवित्त वित्तीय संस्था वेलबारी शाखाका कर्मचारी तथा त्यस शाखाका शाखा प्रमुख मिना विष्टले हिन्दुको महान चाड बडा दशैँमा ति चौधरी परिवारले पनि अरु जस्तै हर्ष उल्लास तरिकाले मनाउन भन्ने हेतुले थोरै भएपनि सहयोग गरेको बताइन् ।