October 14th, 2018

आशा लघुवित्तको साधारणसभा सम्पन्न : कर्जाको गुणस्तीयतामा ध्यान दिनुपर्नेमा जोड

बैंकिङ खबर । आशा लघुवित्त वित्तीय संस्थाले दोश्रो साधारण सभा सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष निर्गुण प्रसाद भट्टचनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७४/७५मा गरेका कार्यक्रम तथा गतिविधिहरु बारे प्रकाश पारे । उनले चालू आर्थिक वर्षमा संस्थाले संचालन गर्ने कार्यक्रमहरुबारे पनि प्रष्ट पारे ।

संस्थापक अध्यक्ष रामबहादुर पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७४/७५को वित्तीय विवरणहरु पारित गरेको छ । सो अवसरमा सभालाई उद्घाटन पश्चात सम्बोधन गर्दै प्रमुख अतिथि रामबहादुर पाण्डेले संस्थाको कारोबार वृद्धिसँगै कर्जाको गुणस्तरीयतामा जोड दिनुपर्ने सुझाव दिए ।

सभामा संस्थाका पूर्वअध्यक्ष रामेश्वर सापकोटाले अब संस्थाले व्यवसायिक दायरालाई अझ विस्तार गरी रेमिटेन्स तथा बीमा सम्बन्धी क्रियाकलापलाई पनि जोड दिनुपर्ने सुझाव दिए ।

साधारण सभाले आर्थिक वर्ष २०७५।७६का निम्ति बाह्य लेखापरीक्षकका रुपमा के.जे एण्ड एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्तिको प्रस्ताव पारित गरेको छ ।

२०७३ भाद्र १५ गतेदेखि कारोबार शुरु गरेको संस्थाको २०७५ आसाढ मसान्तसम्ममा १ अर्ब २७ करोड कर्जा लगानीमा रहिरहेको तथा २५ करोड ७२ लाखनिक्षेप संकलन रहेको प्रमुखकार्यकारी अधिकृत बद्री प्रसाद दुलालले जानकारी दिनुभयो । संस्थाले आर्थिक वर्ष २०७५।७६मा १ करोड १० लाख मुनाफा आर्जन गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]